Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

यस्तो छ उदयपुरमा चाडपर्व लक्षित सुरक्षा योजना

  • उपहार न्यूज
  • बिहिबार, असोज ९ २०७६
यस्तो छ उदयपुरमा चाडपर्व लक्षित सुरक्षा योजना

उपहार न्यूज
उदयपुर असोज ९
नजिकिदो दशै, तिहार जस्ता ठूला चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय उदयपुरले सुरक्षा योजना बुधबार एक कार्यक्रमका विच सार्वजनिक गरेको छ ।
चाडपर्व सुरक्षालाई लक्षित गर्दै उदयपुरमा ३ सय ९८ प्रहरी परिचालन गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ‘चाडपर्व विशेष सुरक्षा रणनीति २०७६’ सार्वजनिक गरेको हो।
सुरक्षा रणनीतिअनुसार नेपाल प्रहरीले ३७ मध्ये कारागार, अदालत र जिल्ला प्रशासनबाहेकका ३४ वटा युनिटबाट साधा पोशाकसहित ३ सय ९८ जना प्रहरी परिचालित हुनेछन् ।
पोशाक लगाएको देखेपछि अपराध गरेका व्यक्तिहरु फरार हुने भएकाले ४ वटा समूहमा सादा पोशाका प्रहरी परिचालन गरिने प्रहरी उपरीक्षक (एसपी) वीरबहादुर बुढामगरले जानकारी दिनु भयो ।
त्यसैगरी मोबाइल गस्तीबाट चारपाङ्ग्रे ४ वटा, दुईपाङग्रे मोटरसाईकल ३० वटा परिचालन गरिने भएको छ ।
प्रहरीले ६ ठाउँमा ट्राफिकसहितको र १३ ठाउँ प्रहरीबाट मात्र चेकिङको व्यवस्था मिलाएको छ । यसरी चेकिङ गर्दा राष्ट्रिय राजमार्ग, जंगल, सुनसान क्षेत्रलाई प्राथामिकतमा राखिएको एसपी मगरले बताए । चाडपर्वमा धार्मिक तथा पर्यटकीय क्षेत्रमा पनि सर्वसाधरणको भीड बढ्ने भएकाले ७ वटा त्यस्ता स्थलहरुको पहिचान गरी आवश्यक सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाइएको छ । सीमित स्रोतसाधन भएकाले प्रहरीले २३ वटा पैदल गस्ती र नाकाहरुमा २४ घण्टै चेकिङको व्यवस्था मिलाइएको छ । नेपाल प्रहरीसँगै सशस्त्र, ट्राफिक, राष्ट्रिय अनुसन्धानको टोलीसमेत परिचालन गर्ने र बैंक सुरक्षार्थ खटिएका सुरक्षागार्डलाई समेत बैंकभित्र मात्र नभई आसपासका क्षेत्रलाई नियाल्ने गरी योजना तय गरिएको प्रजिअ ध्रुब बहादुर खड्काले बताए । सुरक्षा योजना सफल पार्नका लागि प्रहरीले मुख्य कमाण्डका रूपमा एसपी, रिजर्ब टोलीमा डीएसपी, तत्काल परिचालनका लागि इन्स्पेक्टरको कमाण्ड रहने व्यवस्था मिलाइएको एसपी मगरले जानकारी दिए।
त्यस्तै, सर्वसाधरणलाई ठगीबाट बचाउनका लागि सदरमुकाम गाईघाट र कटारी क्षेत्र गरी दुई ठाउँका बसपार्कमा यात्रु सहायता कक्षा राखिने भएको छ । प्रहरीले चाडपर्वमा भित्रिन सक्ने लागुपदार्थ, पटकाजस्ता पदार्थलाई निस्तेज बनाउन सीमा सुरक्षादेखि लिएर ठाउँ ठाउँमा २४ घण्टा नै चेकजाँचको व्यवस्था मिलाएको एसपी मगरले बताए। प्रहरीले सुरक्षा योजना बिहीबारदेखि लागु हुने बताएको छ। त्रियुगा एक्सप्रेस दैनिकबाट

Last updated:2019 Sep 26 Thursday 05:14:53

प्रतिक्रिया
सम्बन्धित समाचार