Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरको जाँतेमा ५ वर्षपछि खानेपानी आयोजना सम्पन्न, २ सय घरधुरी लाभाम्वित 

  • उपहार न्यूज
  • मंगलबार, साउन ७ २०८२
उदयपुरको जाँतेमा ५ वर्षपछि खानेपानी आयोजना सम्पन्न, २ सय घरधुरी लाभाम्वित 
शंकर रिखाम मगर
उदयपुर, साउन ६ ।
उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ५ मा करिब पाँच सय बढी जनसंख्या प्रत्यक्ष लाभाम्वित हुने खानेपानी आयोजना सम्पन्न भएको छ । गाउँपालिका, वडा र कोशी प्रदेश सरकारको साझेदारीमा करिव ५ वर्षअघि सुरु भएको आयोजना सफलतापूर्वक पूरा भई घरघरमा धारा जोडिएपछि उपभोक्ता हर्षित भएका हुन् ।
सो क्षेत्रका २ सय घरधुरीलाई पानी पुर्‍याउने  लक्ष्यसहित जाँते खानेपानी आयोजनाको नामबाट थालिएको खानेपानी आयोजना सम्पन्न गर्न लागि लिम्चुङबुङ गाउँपालिकाले ४६ लाख, कोशी प्रदेश सरकारको ३२ लाख र वडा कार्यालय जाँतेको २ लाख ५० हजार गरी कुल ८० लाख ५० हजार रुपैयाँ बजेट छ्ट्याइएको थियो ।
खानेपानी आयोजनाको पाइपलाईन सँगै ५० घनलिटरको ट्याङ्की निर्माण गरी पानी वितरण गरिएको छ । आयोजना सम्पन्न भएसँग्ै लिम्चुङबुङ पालिकाअन्तर्गत जाँतेको टोड्के, बुइखा, खोस्टुङ, राजखौ र चौलानेका करिब २ सय  घरधुरीका ५ सय बढी जनसंख्या  प्रत्यक्ष लाभान्वित हुने लिम्चुङबुङ, ५ का वडाध्यक्ष कविचन्द्र राइले वताए ।
सडक पूर्वाधार निर्माण तथा जलबायु परिवर्तका कारण पहाडी भेगहरुमा पछिल्लो समय लगातार खानेपानीका मुहानहरु सुक्ने समस्या बढ्दै गएको स्थानीय मिलन परियार बताउछन् । खानेपानीको अभावका कारण घरको सरसफाइ देखि शौचालय जान, पाशु पंक्षिलाइ खुवाउन र सब्जी उत्पादनलगायतका क्षेत्रमा असहज हुँदै आएको लिम्चुङबुङ ५ का स्थानी उपभोक्तासमेत रहेका परियारको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार