Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

उदयपुरमा बालक्लवले रोक्यो बालबालिकाबीच हुन लागेको बिवाह

  • उपहार न्यूज
  • मंगलबार, बैशाख १६ २०८२
उदयपुरमा बालक्लवले रोक्यो बालबालिकाबीच हुन लागेको बिवाह

शंकर रिखाम मगर-
उदयपुर । अहिले स्थानीय सरकारको लगानी बालबालिकामा निकै देखिएको छ । बालबालिकालाई अधिकारका लागि मुद्धाहरु उठाउन उत्प्रेरित गर्नेदेखि आफ्ना अधिकार आफैले खोज्नेसम्मका सक्रिय सहभागिता पछिल्लो समय उनीहरु आफैले गर्न थालेका छन् ।

त्यस्तै उदयपुरमा बाल दुलही र बाल दुलाहाबीच हुनै लागेको बिहे बालबालिकाहरुले रोकेका छन् । बिहेको भोज भत्तेर र निम्तालुसमेत घरभरी आईसकेको अवस्थामा स्थानीय बालक्लवमा आबद्ध बालबालिकाको सक्रियतामा बालबिवाह रोकिएको हो ।

उदयपुरको ताप्ली गाउँपालिका वडा नम्बर १ ओख्लेको नुनथलामा हुँदैगरेको बालबिवाह वडा बालसंजाल र बालक्लवले रोकेको स्रोतले जनाएको छ । ओख्लेस्थित बालबिवाह भइरहेको सूचना पाउनसाथ गएको बालप्रतिनिधिहरुको टोली प्रहरीसहित बालविवाह भइरहेको ठाउँमा पुगेको थियो ।

बालक्लवका प्रतिनिधि, बाल अधिकार समिती, प्रहरी चौकी रुपाटाँर र सम्बधित सरोकारवालाहरुको उपस्थितिमा १ नम्बर वडा कार्यलयमा सामूहिक भेलापछि बालिका र बालकलाई आआफ्नो घरका अभिभावकहरुलाइ जिम्मा लगाइएको छ ।

स्थानीयका अनुसार स्थानीय दुर्गामाया मगरको १७ वर्षीया छोरी लिलकुमारी मगर र स्थानीय टंकबहादुर मगरका छोरा २० वर्षीय प्रकाश मगरबीचको बिवाह रोकिएको हो । सो वडालाइ ‘बालमैत्री घोषणा’का लागि तयारी चरण रहेको र नेपालको कानुनी रुपमा समेत बर्जित गरिएको कारण रोकिएको बालअधिकार समिती तथा वडा अध्यक्ष उद्धव हमालको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार