Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा युवा युवतिलाई व्यवासायिक प्रबद्र्धनका लागि तालिम

  • उपहार न्यूज
  • मंगलबार, चैत्र १८ २०८१
उदयपुरमा युवा युवतिलाई व्यवासायिक प्रबद्र्धनका लागि तालिम

उदयपुुर, चैत १९ ।

बिभिन्न व्यवसायमार्फत भविष्य बनाउन चाहने युवा, युवतिहरुलाई लक्षित गरी उदयपुरमा पाँच दिने तालिम सुरु भएको छ । एकीकृत पोषण तथा उत्पादनशील जिवीकोपार्जन कार्यक्रमअन्तर्गत वल्र्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा हुरेण्डेक उदयपुरले तालिम आयोजनाग रेको हो ।

तालिममा दुई नगरपालिका र चार गाउँपालिकाका १८ वडाबाट २० महिला १२ पुरुषसहित ३२ जना युवायुवति सहभागी छन् । जिविकोपार्जन अधिकृत आशिष खत्रीका अनुसार जिल्लाको त्रियुगा नगरपालिका १२ नम्बर वडा, रौतामाई वडा नम्बर २ र ८, लिम्चुङबुङ ५, उदयपुरगढी १ र २, कटारी ८, ९ र ताप्ली गाउँपालिकाको १, २, ३ र ५ नम्बर वडाबाट तालिममा सहभागी गराइएको हो ।

तालिमपछि सहभागी युवायुवतिले आफू दक्ष रहेको व्यवसायमार्फत ‘करिअर’ अगाडि बढाउन प्रेरणा मिल्नेछ । व्यवसायिक प्रबद्र्धन र दक्षता पहिचान गरी सफल उद्यमी बनाउन हुरेण्डेकले पनि सुरुवाती चरणमा आधारभूत व्यवस्थापनका लागि सहयोग गर्ने अध्यक्ष शंखरबहादुर थापाको भनाई छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार