शंकर रिखाम मगर-
उदयपुर, वैशाख २५ ।
उदयपुरको रौतामाई गाउँपालिकाका ८ वटै वडाहरुमा बालक्लव पुनःरगठन र गठनसहित बालभेला सम्पन्न भएको छ । बलभेलामा बालबालिकाहरुको सवाल, समस्या, समाधनसहितको क्रियाकलापमा छलफल गर्दै योजनाहरु समावेश गरी वडा कार्यालयका वडा अध्यक्ष सामु पेश गरिएको हो ।
बालबालिका लक्षित योजना तयारी गर्ने क्रममा ११ वर्ष उमेर समूह र १२ देखि १८ उमेर समुहका बालबालिकाहरुले बालअधिकारका ४ क्षेत्रहरु सहभागिता, संरक्षण, विकास, बचाउको अधिकारलाई समेटेर सहभागीहरुले योहनाहरु तयारी गरेका थिए । बालबालिकाहरुले आफूमा हुँने समस्या, समुदयामा हुने समस्या, बाटो तथा यातायात सवारी साधनहरुमा हुने समस्या, घरपरिवारमा तथा समुदायमा हुने समस्या, विद्यालय तथा सम्बन्धीत सरोकार तथा निकायहरुमा हुने समस्याहरु समेटेका थिए ।
साथै देखिएका समस्यालाई समाधान र न्यूनीकरण गर्नका लागि आवश्यक योजनाहरु तयार गरी पेश गरिएको रौतामाई १ बालसन्जालका अध्यक्ष रामबहादुर तामाङले बताए । बालबालिकाहरुलाइ बिनियोजन गरिएको बजेटहरु बालाबालिकामै लगानी गर्ने र आउँदो आर्थिक वर्षहरुमा क्रमागत वडा परिषद हुदै कार्यपालिकाको वैठकवाट निर्णय सहित नीति तथा कार्यक्रममा बजेट राख्न लगाउने १ नम्बर वडा अध्यक्ष रुद्रबहादुर कार्कीले प्रतिवद्धता जनाएकाछन् ।
१ देखि ८ वटै वडाहरुमा बालभेला सम्पन्न भइ सकेको र बाकि पालिका स्तरीय बालाभेला पनि वैशाखभित्रै सम्पन्न गरिने जाल्पा एकिकृत विकास समाजका तालिम सहजकर्ता शंकर रिखामा मगरले बताए । बाल भेला कार्यक्रमहरु वर्ल्ड भिजन इन्टरनेशल नेपालको सहयोग र रौतामाइ गाउपालिकाको समन्वय तथा जाल्पा एकिकृत विकास समाज उदयपुरको आयोजनामा सम्पन्न भएको हो ।
