सौरभ मगर
उदयपुर, असार २६ ।
पछिल्लो समय सामुदायिक विद्यालयको नतिजा खस्किीदै गएको बेला यो वर्ष उदयपुरका केही विद्यालयमा भने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) परिणाम सन्तोषजनक देखिएको छ । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ४ बगाहमा रहेकोे राष्ट्रिय माध्यमिक विद्यालय बगाहका झन्डै ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
यो बर्ष जम्मा ५७ जनाले परीक्षा दिएको सो विद्यालयमा ५१ जना परीक्षार्थीले उत्तीर्ण गरेको प्रधानाध्यापक धर्मानन्द खतिवडाले जानकारी दिनुभयो । जुन आधारमा अनुतिर्ण संख्या दर भने १० प्रतिशत मात्र देखिन्छ । अर्थात शैक्षिक अवस्थामा निकै सुधार आएको परिणामले देखाएको छ ।
सामुदायिक विद्यालयले विद्यार्थीका लागि विभिन्न माध्यमबाट पठनपाठन गरिएको विद्यार्थी आफैंको मेहनत र लगनशीलले नतिजा राम्रो आएको प्रअ खतिवडाले बताउनुभयो । आगामी दिनमा नतिजालाई थप सर्वोत्कृष्ट पर्न विद्यालय प्रशासन, शिक्षक अभिभावकले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने सहायक प्रअ टीकाराम खतिवडा बताउनुहुन्छ । राष्ट्रिय परीक्षा बोर्डले गत चैत ७ देखि १८ गतेसम्म संचालन भएको एसईइ परीक्षा यहि असार १३ गते परीक्षाफल सार्वजनिक भएको थियो । जहाँ जिल्लाभरबाट चार जीपीए ५ जनाले मात्र नतिजा ल्याएका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार