Upahar News शुक्रबार, कार्तिक २१ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

त्रियुगा गोल्डकपमा सातदोबाटो युथ क्लबको शानदार जित

  • उपहार न्यूज
  • सोमबार, कार्तिक १७ २०८३
त्रियुगा गोल्डकपमा सातदोबाटो युथ क्लबको शानदार जित

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटस्थित थरुहट रंगशालामा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण त्रियुगा गोल्डकप फुटबल प्रतियोगितामा ए डिभिजन क्लब सातदोबाटो युथ क्लब ललितपुरले शानदार जित हात पारेको छ ।
सोमबार सम्पन्न खेलमा सातदोबाटो युथ क्लबले हनामी बीएफसी चितवनलाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।सातदोबाटोका लागि जर्सी नम्बर २३ का प्रताप राई, जर्सी नम्बर ७ का समीर तामाङ र जर्सी नम्बर १२ का रोहन कार्कीले गोल गरेका थिए । चितवनका लागि जर्सी नम्बर १७ का सविन लुङ्गेलीले एक गोल गर्दै टोलीलाई सान्त्वना दिलाएका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका सातदोबाटो युथ क्लबका जर्सी नम्बर ७ का समीर तामाङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताअन्तर्गत मंगलबार भारतको जजेन फुटबल क्लब र नेपाल पुलिस क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
गाईघाट फुटबल क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लबहरूको सहभागिता रहेको छ ।

Last updated:2026 Nov 02 Monday 14:24:32

प्रतिक्रिया
सम्बन्धित समाचार