Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुर र ओखलढुंगाका दुई पत्रकार काठमाडौंमा सम्मानित

  • उपहार न्यूज
  • आइतबार, असोज १४ २०८०
उदयपुर र ओखलढुंगाका दुई पत्रकार काठमाडौंमा सम्मानित

काठमाडौं, असोज १४ ।
उदयपुर र ओखलढुंगाका दुई पत्रकार काठमाडौंमा सम्मानित भएका छन् । किरात राई पत्रकारहरुको साझा संगठन किरात राई पत्रकार संघ (किराप संघ)को स्थापना दिवसको अवसरमा उदयपुरका गजेन्द्र राई र ओखलढुंगाका कुम्भराज राई सम्मानित भएका हुन् ।

किराप संघ २०४६ साल असोज १४ गते स्थापना भएको थियो । सोही समयदेखि हरेक वर्ष असोज १४ गतेलाई स्थापना दिवस बिबिध कार्यक्रमसहित मनाइदै आएको छ । आईतबार मातृसंस्था किरात राई यायोक्खाको राजधानीस्थित केन्द्रिय कार्यालय कोटेस्वर सभाहलमा आयोजित कार्यक्रममा पत्रकारद्धोयलाई परम्परागत पगरीसहित सम्मानपत्र प्रदान गरिएको केन्द्रिय सचिव बुद्धि चामलिङ राईले बताए ।

उनका अनुसार पत्रकारिताको माध्यमबाट आफ्नो समुदायका मुद्धाहरुलाई उकास्न महत्वपूणर् भूमिका निर्वाह गरेको भन्दै किराप संघ केन्द्रिय समितीले पत्रकारद्धयलाई सम्मान गरिएको हो । संघको १६औँ स्थापना दिवसको अवसरमा सम्मानित हुने ओखलढुंगाका कुम्भ कान्तिपुर दैनिकमा बिगत डेढदशक देखि आबद्ध छन् ।

त्यस्तै उदयपुरका गजेन्द्र भने उदयपुरका लागि रेडियो नेपालका सम्वाददाता हुन् । उनी स्थानीय समाचार पोर्टल निगरानी पोस्ट डटकमका सञ्चालक तथा नेपाल फोटो पत्रकार महासंघ उदयपुरका पूर्वाध्यक्ष समेत हुन् ।

Last updated:2023 Oct 01 Sunday 13:57:18

प्रतिक्रिया
सम्बन्धित समाचार