Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

त्रियुगा नगरपालिकाद्वारा सडक निर्माणमा गुणस्तर सुनिश्चित गर्ने प्रतिबद्धता

  • उपहार न्यूज
  • शुक्रबार, जेष्ठ १० २०८२
त्रियुगा नगरपालिकाद्वारा सडक निर्माणमा गुणस्तर सुनिश्चित गर्ने प्रतिबद्धता

उपहार न्यूज
उदयपुर जेठ ९
त्रियुगा नगरपालिकाले नगरपालिका क्षेत्रमा हाल विश्व बैंकको सहयोगमा निर्माण भैरहेको सडक तथा नाली निर्माणको काम गुणस्तरीय र समय सिमा भित्रै निर्माण सम्पन्न गराउनको लागि नगरपालिका प्रतिबद्ध रहेको जनाएको छ । केहि दिन यता सामाजिक संजाल तथा संचारमाध्यमहरुमा विश्व बैंकको लगानीमा निर्माण भैरहेको सडक निर्माणको कामको गुणस्तर र समय सिमा भित्र निर्माणको बिषयमा शंका उत्पन्न भैरहेको बेला नगरपालिकाले समयमै काम सम्पन्न गराउन आफुहरु प्रतिबद्ध रहेको त्रियुगा नगर प्रमुख बसन्तकुमार बस्नेतले प्रतिबद्धता व्यक्त गर्नु भयो ।
नेपाल सरहकरा बहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत विश्व बैंकको सहयोगमा त्रियुगा नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३ नम्बर वडाका विभिन्न स्थानमा गरेर १४.६४६ किलोमिटर सडक नाली निर्माण, विद्युत पोल स्थानान्तरण, माटो खन्ने, पुर्ने कार्य लगायत कार्य गरी ४० मि.मि मोटाईको असफाल्ट क्रक्रिट सडक निर्माणको काम भैरहेको छ ।
हाल निर्माणको चरण अन्तर्गत ७५ प्रतिशत भौतिक प्रगती भएको नगरपालिकाको प्रबक्ता तिलक बहादुर कटुवाल द्धारा सार्वजनिक विज्ञप्तीमा उल्लेख गरिएको छ । कुल ६६ करोड एघार हजार एक सय चालसि रुपैया र सताईस पैसामा श्री आशिष आर्शिवाद स्वामी नारायण जेभिले त्रियुगा नगरपालिका संग २०८० चैत ३० गते निर्माण कार्यको लागि सम्झौता गरेको थियो ।
निर्माणको जिम्मेबारी प्राप्त निर्माण कम्पनीले हाल सम्म ७५ प्रतिशत काम सम्पन्न गरेर कुल रकमको ४९.६० प्रतिशत भुक्तानी प्राप्त गरी सकेको छ । आयोजनाको काम अन्तर्गत विद्युत पोल सार्ने, खानेपानी पाईपलाइन सार्ने, टेलिफोन लाईन व्यवस्थित गर्ने एवं सडक क्षेत्रमा जग्गाधनीहरुको अवरोध लगायतका कारणले निर्माण कार्यमा ढिलाई भैरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
आयोजना निर्माणको बिषयमा व्यापक जनगुनासो र चासो व्यक्त हुन थाले पछि शुक्रबार त्रियुगा नगरपालिकाले आयोजनाको डिजाईन तथा सुपरीवेक्षण गर्ने परामर्शदाता सहित राखेर पत्रकार सम्मेलन गरेको थियो । सो क्रममा नगर प्रमुख बसन्तकुमार बस्नेतले विभिन्न कारणले गर्दा निर्माण कार्य सम्पन्न गर्न ढिलाई भैरहेको निर्माण कार्यको गुणस्तरको बिषयमा आफुहरु निरन्तर अनुगमन गरिरहेको बताउनु भयो । उहाँले त्रियुगा नगरपालिका स्तरउन्नती भैरहेको सडक गुणस्तरीय निर्माणका लागि आफुहरुले निरन्तरको अनुगमन र निर्माण व्यवसायीहरुलाई खबरदारी गर्दै आएको बताउनु भयो । निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्नका लागि आफुहरुले भनी रहेका छौ यदि समयमा काम सकिएन भने र काम गुणस्तरयुक्त भएन भने निर्माण व्यवसायीलाई कालो सूची राख्ने लगायतका कानुनी कारवाहि गर्न आफुहरु तयार रहेको नगर प्रमुख बस्नेतले बताउनु भयो ।
यता निर्माणधिन कामको निरन्तर गुणस्तर अनुगमन गरिहेको त्रियुगा नगरपालिकाका ईन्जिनियर निर्मल विश्वासका अनुसार आगामी असार १८ गते सम्मको निर्माणको सम्झौता बमोजिम काम अघि बढेको पाईएको बताउनु भयो । निर्माण कम्पनीले हाल निर्माण स्थलमा ग्रेडर ३ थान, लोलर २ थान, पानी ट्यांकी १ थान टिपर १२ थान सहित काम गरीरहेको छ । अब समयमै काम सम्पन्न गर्नका लागि निर्माण कम्पनीले थप ग्रेडर ४ थान, लोलर २ थान, पानी ट्यांकी २ थान र टिपर १० थान उपलब्ध गराउने भनेको छ सो उपकरण आए समय सिमा भित्रै काम सम्पन्न हुने ईन्जिनियर विश्वासले बताउनु भयो ।
पत्रकार सम्मेलनमा सहभागी पत्रकार तथा स्थानिय नागरिकहरुले निर्माण भैरहेको आयोजना त्रियुगा नगरपालिका भित्रको गौरबको आयोजना भएकाले निर्माणको चरणमा गुणस्तरमा कुनै पनि किसिमको सम्झौता गर्न नहुने खबरदारी गरेका थिए । पत्रकार सम्मेलनमा त्रियुगा नगर उपप्रमुख महेश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोइराला, वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुको उपस्तिथी रहेको थियो ।

Last updated:2025 May 23 Friday 15:11:20

प्रतिक्रिया
सम्बन्धित समाचार