कुसुम लामा तामाङ
सुनसरी जेठ २६
सुनसरी सदन सभाहल धरानमा ड्रिम्स एम प्रोडक्सन द्वारा आयोजित प्रदेश १ स्तरीय मिस्टर एण्ड मिस एस.ई.ई सुनसरि प्रतिष्पर्धाको तेस्रो सस्करण मिस एस.ई.ई फस्ट रनर अप शृष्टि सम्बाहाम्फे र मिस्टर तर्फ प्रबेश राई , सेकेण्ड रनर अप सिक्कुम सम्बाहाम्फे र थर्ड रनर अप युनिशा कटवाल बने
मुख्य विजेताले नगद ५० हजार नगद सहित उच्च शिक्षा को लागि पुर्ण छात्रवृत्ति प्राप्त गरेका छन पुरस्कारमा ट्रफि गिफ्ट ह्य्याम्पर प्राप्त गर्नु को साथै ३ महिना निशुल्क जिम भिजन फिटनेस बाट प्राप्त गरेका छ्न, सर्कल क्याफे बाट कफि वारिष्टा , फुड भौचर र फुडल्यान्ड्को तर्फ बाट फुड भौचर र अन्य उपबिजेता र सबटाईटल विजेताले विभिन्न गिफ्ट हयाम्पर प्राप्त गरेका छन ।
अन्य सबटाईटल विजेता मिस बेस्ट वक मुस्कान जैसवाल , मोस्ट डिसिपिलिन दिक्षा राई , मोस्ट ट्यालेन्ट शशिकला जिमि , मोस्ट हार्डवर्किङ अनुष्का उप्रेति, मिस बब्लि स्नेहा राई , मिस क्विक लर्नर दिपिका राई , मोस्ट अविडियन्ट युमा हाङ तुम्सा , मिस फोटोजेनिक डोमा शेर्पा , मोस्ट एक्टिभ युनिशा कटवाल , मल्टिमिडिया चोईस बिजेता सिक्कुम लुम्फुङवा , शृष्टि सम्बाहाम्फे , मिस पन्चुयल मुस्कान जैशवाल, , मिस ईन्टलएक्चुयल सिक्कुम लुम्फुङवा, वेस्ट पर्सानालिटि कन्चन राई, मिस चार्मिङ प्रथा राई , वेस्ट स्माईल मार्टिना तुम्बापो , मोस्ट कन्फिडेन्ट शृष्टि सम्बाहाम्फे ,सम्बाहाम्फे, पब्लिक चोईस अवार्ड युमा हाङ तुम्सा सबटाईटल बिजेता बनेका छन्।
कार्यक्रममा निर्णायकहरु एनि का सन्चालक सामाजिक अभियान्ता / युवा ब्यवसायि सन्तोश थोप्रा , युवा व्यवशायि मिस्टर बिराटनगर फ्रस्ट रनर अप नवनित राज प्रधान , मिस पुर्वान्चल २०१३ बिजेता नेहा बजाज ,मिस कोशि १९९८ कृति श्रेष्ठ , र मिस्टर नेपाल वर्ल्ड फस्ट रनर अप आदेश प्रधान थिए।
कार्यक्रमको प्रमुख अतिथि धरान उपमहानगरपालिकाको उपमेयर आईन्द्र विक्रम बेघा र विशिष्ट अतिथि ईलाका प्रहरि कार्यलय धरान प्रमुख प्रहरी नायव उप निरीक्षक प्रकाश जबेगु , यु एन कलेजका प्रमुख ड्म्बर कुमार तुम्बापो लगायत थिए । १४ जना किशोरि र २ जना किशोर सहभागिता रहेको कार्यक्रममा नेतृत्व विकाश , बोल्ने कला , साथै अन्य विभिन्न चरणको तालिम प्रदान गरिएको ड्रम्सको सिईओ कैलाश मोत्तानले जानकारी दिए ।
कार्यक्रमको कोरियोग्राफर मिस स्टेट विजेता स्वेता भुजेल थिए , प्रतियोगिको ड्रेस भावना जबेगुले तयार गर्नु भएको थियो , मेकअप मिसाम मेकअप स्टुडियोले गर्नु भएको थियो । किशोर किसोरिको मनोविज्ञान वृद्धि सँगै किशोर किशोरिमा लुकेर रहेका प्रतिभा लाइ प्रस्फुटन गर्न पाउने यस कार्यक्रममा विभिन्न रचनात्मक सृजनात्मक क्रियाकलाप सम्बन्धी २२ दिन सम्मको तालिमले विभिन्न प्रकारका व्यक्तित्व विकासका लागि गरिने क्रियाकलापले गर्दा कार्यक्रम गर्न समय लाग्ने जानकारी कार्यक्रम सयोजक मेरिना तुम्साले दिनुभयो