Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुरमा बाख्रा चराउन गएका युवकलाई ढुंगाले किचेर मृत्यु

  • उपहार न्यूज
  • बुधबार, भाद्र १३ २०८०
उदयपुरमा बाख्रा चराउन गएका युवकलाई ढुंगाले किचेर मृत्यु

उदयपुर । उदयपुरमा वर्षासँगै माटो गलेपछि ढुंगा खसेर एक युवकको ज्यान गएको छ । जिल्लाको रौतामाई गाउँउापलिका वडा नम्बर ६ बोलुङ्खामा घरबाट बाख्रा चराउन निस्कीएका स्थानीय पृत्वीबहादुर राईको १७ वर्षीय छोरा दिपेश राईलाई ढुंगाले लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमबार बिहान साँढे ७ बजेको समयमा आफ्नै बारीमा बाख्रा चराउने क्रममा अचानक माथिदेखि खसेको ढुङ्गाले किचेर युवकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिन्नदन चौधरीले जानकारी दिए ।

घटनाको खबर पाएपछि प्रहरी चौकी साउने र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी नायव निरिक्षक सहितको प्रहरी टोलीले थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि मुचुल्का कार्य सम्पन्न गरी लास पोष्टमार्टको लागि जिल्ला अस्पताल गाईघाट पठाएको डिएसपी चौधरीले जनाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार