Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

प्रवासीले गरे कोभिड अस्पताललाई एक लाख सहयोग

  • उपहार न्यूज
  • मंगलबार, जेष्ठ १८ २०७८
प्रवासीले गरे कोभिड अस्पताललाई एक लाख सहयोग

उपाहार न्यूज
उदयपुर जेठ १८
प्रवासमा रहेका उदयपुरेहरुको समुहले उदयपुर कोभिड १९ अस्पातललाई एक लाख रुपैया सहयोग गरेको छ
। उदयपुरेहरु युवाहरुको संस्था उदयपुर प्रवासी सेवा समाज दोहा कतारले आर्थिक सहयोग गरेको हो। संस्थाले उदयपुर कोभिड १९ अस्पातलको ब्यबस्थापनाका लागी भन्दै नगद १ लाख हस्तान्तरण गरेको संस्थाका पूर्व अध्यक्ष होम बस्नेतले जानकारी दिनु भयो ।
आज संस्थाका पुर्व अध्यक्षहरु राम सुयाल, होम बस्नेत, पुर्व सम्रक्षक ईन्द्र खड्का र पुर्व सदस्य मदन श्रेष्ठ सहितको टोलीले अस्पातल परिसरमै पुगेर चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख तथा उदयपुर कोभिड अस्पातल संचालन समितीका अध्यक्ष खगेन्द्र राई र चौदण्डीगढी नगरपालिका स्वास्थ्य शाखा उपप्रमुख तथा नगर कोरोना स्रोत व्यक्ति तेज बहादुर पोखरेललाई हस्तान्तरण गर्नु भएको छ।
२०६५ सालमा खाडी मुलुक कतरामा उदयपुरेहरुले आफ्न जिल्लावासीहरुको हकहित सहयोगको लागी भनेर स्थापना गरेको उदयपुर प्रवासी सेवा समाज कतारले हाल नेपालका बिभिन्न जिल्लामा समेत बाढीपीडित, भुकम्प पीडित लगायतलाई सहयोग पु¥याउदै आएको छ ।
उदयपुर प्रवासी सेवा समाज कतारले आफ्नो र आफ्न परिवारका सदस्यको गाँस कटाएर दुस्खमा सहयोग गर्दै आएको छ । कतारमै पनि पनि विभिन्न समस्यामा परहेकालाई उदयपुर प्रवासी सेवा समाज कतारले उदयपुर जिल्लमै पहिलो पल्ट जिल्लाको बेलाका नगरपालिकामा बन्न लागेको अक्सिजन प्लान्टलाई समेत सहयोग गर्ने बताएका छन।
प्रवासमा रहेर पनि राष्ट्रको दुःखमा सहयात्राी बन्दै गरेको उदयपुर प्रवासी सेवा समाज दोहा कतारको सहयोग प्रती नगरप्रमुख खगेन्द्र राईले आभार प्रकट गर्दै यो विश्वमहामारीको बेलामा चासो सहित यसरी सहयोग गर्नुहुने संस्थाक सम्पूर्ण सदस्य, पदाधिकारी, पुर्व पदाधिकारी लगयत उदयपुर प्रवासी सेवा समाज कतारका शुभचिन्तक प्रती कृतज्ञता समेत प्रकट गर्नु भएको थियो।
उदयपुर प्रवासी सेवा समाज कतारले देखाएको मानिबियताको कार्यलाई सम्मान हुने गरी उक्त रकमले कोभिड अस्पातलमा कार्य गरिने समेत मेयर राईले जानकारी दिनु भएको छ।

Last updated:2021 Jun 01 Tuesday 08:56:41

प्रतिक्रिया
सम्बन्धित समाचार