Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

ओभरसियरलाई कार्यकक्षमै झापट

  • उपहार न्यूज
  • बुधबार, जेष्ठ ८ २०७६
ओभरसियरलाई कार्यकक्षमै झापट

सिरहा । कल्याणपुर नगरपालिकाका कर्मचारी कार्यालयमै कुटिएका छन् । नगरपालिकाका ओभरसियर छेदीकुमार साफी कार्यकक्षमै कुटिएका हुन् ।

ओभरसियर साफीलाई कल्याणपुर ७ स्थित रमपुरा भेडियाका दीपेन्द्र यादवसहितको समूहले काम गरिरहै बेला हातपात गरेको हो ।

यादवससहित समूहले ओभरसियर साफीलाई कल्यापुरस्थित आधारभुत विद्यालय प्राङ्गणमा माटो भरेको मूल्याङ्कन गरिदिन आग्रह गरेको थियो । तर ओभरसियर साफीले त्यसलाई विभिन्न वाहनामा आलटाल गर्दै आएपछि उनीहरुले हात पात कुटपिट गरेका हो ।
स्रोतका अनुसार यादवसहित समूहले मंगलबार मूल्याङ्कनको लागि आग्रह गर्दा ओभरसियर साफीले ‘नगरसँग कुनै सम्झौता छैन, कार्यादेश छैन, केको आधारमा मूल्याङ्कन गर्ने भनेका थिए । ओभरसियर साफीले त्यसो भन्ने बित्तिकै यादवले उनलाई गालामा एक थप्पड लगाए ।

ओभरसियर साफीलाई कुटपिट गरेको यादवले स्वीकार गरेका छन् । ‘हामीले व्यवस्थापनि समितिको अनुरोधमा माटो पुयौ’ उनले भने, ‘काम सकेको महिनै भइसक्यो । रकम भुक्तानीको लागि मूल्यांकल गरी दिनूस् भन्दा । उहाँले कुन बजेटबाट काम गरेको हो मलाई कुनै जानकारी छैन भन्नुभयो । त्यसपछि मैले गालामा थप्पड लगाए ।’

Last updated:2019 May 22 Wednesday 14:08:47

प्रतिक्रिया
सम्बन्धित समाचार