हाम्रो नगरमा पनि एक सरकार छ ।
यसलाई अरुको भन्दा वढि किसानको ज्यादा दरकार छ ।
त्यसैले त
किसानको कल्याणको खातिर
अप्ठ्यारो र कठिनाईको रत्तिभर पर्वाह नगरी
भ्रमण दलमा सामेल जनप्रतिनिधिको परिवार छ ।
हाम्रो त्रियुगा पनि एक नगर सरकार छ
आफ्नै नलनाता परिवारको
भरण पोषणको दरकार छ ।
यता खेत खलीयान गर्ने किसानलाई
मल बिउ र सिचाईको हाहाकार छ ।
कथित अवलोकन भ्रमणमा
परिवारवादको जय जयकार छ ।
हामी अबलोकन गरेर आउछौ
मुस्ताङ्गको स्याउ ।
पहिला त तीन पुस्ताको भाग पुर्याउँ
सिंहको जस्तो दहाड र गर्जन गर्ने सबै हामी भ्रमण दल मै छौँ
त्रियुगामा बसेर नगर्नु कसैले म्याउ ।
फलाउनु छ हामिले हाम्रै नगरमा
त्रियुगा र बरुवाको बगरमा
मुस्ताङ्गको भन्दा मीठो स्याउ
गर्नु पर्दैन कोहि कसैले चिया पसलमा हल्ला
बजेट फृज नगराउने नै थियो हाम्रो सल्लाह ।
त्रियुगा बासी दुस्खित नहुनुस
हाम्रो शुन्दर नगरिमा जनता कै सरकार छ
त्यसैले त हामिलाई
अरुको भन्दा किसानको ज्यादा दरकार छ
हे हाम्रा भक्तहरु नगर सरकारको रक्षा गर्नु ।
जनता केही मुर्ख छन् बिरोध गर्लान् प्रतिबादगर्न तिमिहरु पनि पछि नपर्नु
- कवि, गोठकृष्ण ठकुरी (उदयपुर)