उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ५ श्रीपुरस्थित राईटोलमा सिँचाईका लागि जमिनबाट पानी निकालिएपछि कृषक खुसी भएका छन् । स्थानीय स्तरमा गठित जल उपभोक्ता सिमितिले भूमिगत स्रोतबाट सिँचाई बोरिङ योजना संचालनमा ल्याएसँगै पानीकाअभावबाट हुने खेतीजन्य असहजटा टर्ने भएको हो ।
२०८१ चैत ३० गते देखि सुरु गरेको सिचाइ योजना २०८३ साल साउन १६ गते सम्पन्न भएपछि औपचारिक संचालनमा आएको हो । शनिवार एक कार्यक्रमबीच सिँचाईको लागि उदयपुरबाट निर्वाचित कोशी प्रदेश सांसद हिमाल कार्कीको पहलमा बजेट विनियोजन गरी काम सुरु भएको थियो ।
श्रीपुरको बाक्लो वस्तीमा बोरिङ सिँचाई सुरु भएपछि ठूलो संख्यामा कृषक लाभाम्वित हुने भएका छन् । समितिको अध्यक्ष चिनबहादुर राईले योजना संञ्चालन भएपछि ६० बिगाहा जमिनमा खेती सहज भएको जानकारी दिए । संचालनमा आएको सो आयोजनाले करिब ६० भन्दा बढी घरपरिवार प्रत्यक्ष लाभाम्वित हुने भएका छन्