उदयपुर । उदयपुरको लोकप्रिय गायन प्रतियोगिता ‘उदयपुर आइडल सिजन–३’ अन्तर्गत ड्युट राउन्ड सुरु भएको छ। अडिसन राउन्डबाट उत्कृष्ट प्रदर्शन गर्दै ३० जना प्रतियोगी ड्युट राउन्डका लागि छनोट भएका हुन्।
ड्युट राउन्डमा प्रतियोगीहरूले यसअघि प्रस्तुत गर्दै आएको एकल गायनभन्दा फरक शैलीमा आफ्नो प्रतिभा देखाउनुपर्नेछ। यस चरणमा सुर, ताल, आवाजको मेल, समन्वय तथा जोडीमा प्रस्तुति दिने क्षमताको परीक्षण गरिने आयोजक उदयपुर कलाकार समाजका अध्यक्ष असोक शिवाले जानकारी दिनु भयो ।
ड्युट राउन्डका लागि छनोट भएका प्रतियोगीहरूमा सबिन कट्टेल, मेघा खड्का, स्मृति राई, सौरभ विश्वकर्मा, लक्ष्मी सेवा, बिराज नेपाल, आयुष कटुवाल, अनिश सेन्चुरी, युसुमा गुरुङ, पुरुल राई, अमर सेन्चुरी, सजिना रोक्का, बरदान लिम्बू, सूर्य परियार र अलिश गिरी रहेका छन्।
त्यस्तै, यलम्बर राई, बिसप राई, सुजन तामाङ, सबिन तामाङ, जिवन विश्वकर्मा, आयुष खड्का, रुपा विश्वकर्मा, विशाल हमाल, रिजन प्रधान, सुसन्त बराइली, ममता बि।के।, हस्त कुमार राई, सपना राई, दिल जुङ सरु र आदित्य श्रेष्ठ पनि ड्युट राउन्डमा प्रतिस्पर्धा गर्नेछन्।
अडिसन राउन्ड पार गर्दै ड्युट राउन्डसम्म आइपुगेका ३० जना प्रतियोगीलाई आयोजकले सफलताको शुभकामना दिएको छ। अबको चरणमा प्रतियोगीहरूको सुर, ताल, आवाजको मेल र प्रस्तुति समन्वयले प्रतियोगितालाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।
स्थानीय तथा नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यले सञ्चालन भइरहेको ‘उदयपुर आइडल सिजन–३’ ले जिल्लामा लुकेर रहेका गायन प्रतिभालाई अवसर प्रदान गर्दै आएको छ। प्रतियोगिताको मूल उद्देश्यलाई आयोजकले “सङ्गीत नै जीवनको लक्ष्य, नयाँ प्रतिभाको खोजी हाम्रो उद्देश्य” भन्ने नारामार्फत अघि बढाएको छ।
ड्युट राउन्डपछि प्रतियोगिता थप प्रतिस्पर्धात्मक बन्दै जाने भएकाले ३० जना प्रतियोगीमध्ये को उत्कृष्ट प्रदर्शन गर्दै आगामी चरणमा प्रवेश गर्छन् भन्ने विषय अहिले दर्शक तथा संगीतप्रेमीका लागि चासोको विषय बनेको छ। उदयपुर आईडलमा विगत बर्ष झै यस बर्ष पनि गायक अशोक शिवा, पुजा केप्छाकी मगर कार्यक्रमको निर्णायकको रुपमा रहेका छन् । प्रतियोगीतामा बिजेताले नगद १ लाख पुरस्कार जित्ने आयोजकले जनाएको छ ।