Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

बालविकास केन्द्रमा कार्यरत शिक्षकहरुलाई सिकाईसम्बन्धी तालिम

  • उपहार न्यूज
  • शुक्रबार, असार ३१ २०७९
बालविकास केन्द्रमा कार्यरत शिक्षकहरुलाई सिकाईसम्बन्धी तालिम

उपहारन्यूज-

उदयपुर । उदयपुरस्थित बिभिन्न बालविकास केन्द्रमा कार्यरत शिक्षकहरुलाई सिकाईसम्बन्धी बिभिन्न तालिम सुरु भएको छ । वल्र्डभिजन इन्टरनेशनल नेपाल र हुरेण्डेकको साझेदारीमा लेगो फाउण्डेशनले सहयोग गरेको पाँच दिने तालिम सुरु भएको हो ।

आईपीपीफरबिसी परियोजना अधिकृत तुलाराज अधिकारीका अनुसार बालविकास केन्द्रमा आवश्यक पर्ने शैक्षिक तथा खेलसामग्री निर्माणसम्बन्धी तालिम थालिएको हो । त्यस्तै बाल स्याहार तथा सकारात्मक अभिभावकत्वसम्बन्धी तालिम भइरहेको परियोजना अधिकृत अधिकारीले जानकारी दिए ।

त्यस्तै बालमैत्री पद्धतीबाट बालबालिकालाई सिकाईको वातावरण तय गर्ने, स्थानीय तहमा बालमैत्रीपूणर् सिकाईलाई कार्यन्वयन गराउनेसम्बन्धी बिधिहरुका बारेमा समेत जानकारी दिइने आयोजकले जनाएको छ । तालिमको सहजीकरण सेतोगुँरास नेपालकी भीमा राई, रौतामाई गाउँपालिका शिक्षा शाखा प्राबिधिक सहायक मदन पाण्डे तथा सेतोगुँरासकी देवीका कटुवाललगायतले सहजीकरण गरीरहेको अधिकृत अधिकारीले बताए ।

तालिममा ३० जनाले सहभागिता जनाउदै आएका छन् । तालिम उद्घाटनसत्रमा हुरेण्डेक अध्यक्ष शंकरबहादुर थापा, जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका भवानीप्रसाद कटेल तथा त्रियुगा नगरपालिकाको शिक्षा शाखा प्रमुख शिवकुमारी राउतलगायतको उपस्थिती रहेको थियो । तालिमपछि बालविकास केन्द्रहरुमा सिकाई थप प्रभावकारी हुने सहभागीहरुको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार