Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

कोभिड–१९ रोकथामको लागि हुरण्डेकले ग¥यो स्वास्थ्य सामग्री हस्तान्तरण

  • उपहार न्यूज
  • बिहिबार, जेष्ठ २० २०७८
कोभिड–१९ रोकथामको लागि हुरण्डेकले ग¥यो स्वास्थ्य सामग्री हस्तान्तरण

उपाहार न्यूज
उदयपुर जेठ २०
विश्व महामारीको रुपमा कोभिड १९ को दोश्रो लहर रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायलाई आधारभुत पि.पि.ई.स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । हुरेण्डेक उदयपुर को आयोजनामा वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र वल्र्ड नेवर्स नेपालको सहयोगमा उदयपुर जिल्लाको स्थानिय तह, स्वास्थ केन्द्र र अग्रपंतिमा रहेर सहयोग गर्ने विभिन्न कार्यलयहरुलाई १२ थान अक्सिजन सिलिण्डर, २०० वटा एन्टीजिन किट, १६ वटा अक्सिमिटर, ३५० प्याकेट सर्जिकलमाक्स, २३० (१०० एमएल) सेनिटाईजर, ३ जार (५ लिटर),९५ वटा लिकुइड ह्याण्डवास् र १२ प्योकट सर्जिकल ग्लोब्स् सामग्री सहयोग गरिएको थियो ।
रौतामाई गाउपालिका–लाई ३ थान अक्सिजन सिलिण्डर, ५० वटाएन्टीजिनकिट, ४ वटा अक्सिमिटर, ५० प्याकेट सर्जिकल माक्स, ३० (१०० एमएल) सेनिटाईजर, १ जार सेनिटाइजर (५ लिटर), १० थान लिकुइ डह्याण्डवास्, त्रियुगा नगरपालिका अन्तर्गत खाँवु स्वास्थ्यचौकिमा रहेको आईसोलेसन वार्ड लाई– ३ थान अक्सिजन सिलिण्डर, ५० वटा एन्टीजिन किट, ४ वटा अक्सिमिटर, ५० प्याकेट सर्जिकल माक्स, २० (१०० एमएल) सेनिटाईजर, १५ वटा लिकुइ डह्याण्ड वास र २ थान सर्जिकल ग्लोब्स्, बेलका नगरपालिका– ३ थान अक्सिजन सिलिण्डर, ५० वटा एन्टीजिन किट, ४ वटा अक्सिमिटर, ५० प्याकेट सर्जिकल माक्स, २५ (१०० एमएल) सेनिटाईजर, १ थान जार (५ लिटर) र १ थान सर्जिकल ग्लोब्स्, कटारी नगरपालिका–३ थान अक्सिजन सिलिण्डर, ५० वटा एन्टीजिनकिट, ४ वटा अक्सिमिटर, ३० प्याकेट सर्जिकल माक्स, १० (१०० एमएल) सेनिटाईजर,१० वटा लिकुइ डह्याण्डवास र १ थान सर्जिकल ग्लोब्स् हस्तान्तरण गरिएको छ । नेपत्रकार महासंघ उदयपुरलाई २५ प्याकेट सर्जिकलमाक्स, २५ (१०० एमएल) सेनिटाईजर,१ जार सेनिटाइजर (५ लिटर), ५ लिकुइड ह्याण्डवास र १ थान सर्जिकल ग्लोब्स्, ट्राफिक प्रहरी गाईघाटलाई १२ प्याकेट सर्जिकल माक्स, १२ (१०० एमएल) सेनिटाईज, ३ वटा लिकुइड ह्याण्डवास र १ थान सर्जिकल ग्लोब्स्,जाँते स्वास्थचौकिलाई १५ प्याकेट सर्जिकलमाक्स, १० (१०० एमएल) सेनिटाईजर, ५ वटा लिकुइड ह्याण्डवास र १ थान सर्जिकल ग्लोब्स्, नगर प्रहरी गाइघाटलाई १६ प्याकेट सर्जिकल माक्स, १६ (१०० एमएल) सेनिटाईजर, ३ वटा लिकुइड ह्याण्डवास र १ थान सर्जिकल ग्लोब्स्, कटारी प्रहरी (जनपथ) लाई १५ प्याकेट सर्जिकल माक्स, १५ (१०० एमएल) सेनिटाईजर र ३ वटा लिकुइड ह्याण्डवास, शसस्त्र प्रहरीलाई १५ प्याकेट सर्जिकल माक्स, ६ (१०० एमएल) सेनिटाईजर र १ वटालिकुइड ह्याण्डवास साथै नेपालटार प्रहरी पोष्टलाई १प्याकेट सर्जिकल माक्स, ४ (१०० एमएल)सेनिटाईजर हस्तान्तरण गरिएको हुरेण्डेक उदपुरको अध्यक्ष शंकर बहादुर थापाले जानकारी गराउनु भयो ।
हस्तान्तरण गरिएको सामग्रीहरु मध्ये अक्सिजन सिलिण्डर, एन्टीजिन किट, अक्सिमिटर वल्र्ड नेवर्स को सहयोग र सर्जिकल माक्स, (१०० एमएल) सेनिटाईजर, सेनिटाईजर जार (५ लिटर), लिकुइड ह्याण्डवास् र सर्जिकल ग्लोब्स् सामग्री वल्र्ड भिजन ईन्टरनेशनल नेपाल को सहयोगमा हुरेण्डेक उदयपुरको सचिव अनिल थापा, सदस्य तथा पत्रकार महासंघ उदपुरको अध्यक्ष भरत खड्का साथै परियोजनाको कर्मचारी सचिन पोखरेल र विनु सुवेदिले हस्तानतरण गर्नु भएको थियो ।

Last updated:2021 Jun 03 Thursday 06:35:32

प्रतिक्रिया
सम्बन्धित समाचार