Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

त्रियुगा नगरपालिका स्वास्थ्य शाखा उदयपुरमा प्रथम

  • उपहार न्यूज
  • शुक्रबार, कार्तिक १ २०८२
त्रियुगा नगरपालिका स्वास्थ्य शाखा उदयपुरमा प्रथम

उपहार न्यूज
उदयपुर असोज ३१
उदयपुर जिल्लाका आठ स्थानियका स्वास्थ्य शाखाहरुको मुल्यांकनमा त्रियुगा नगरपालिका स्वास्थ्य शाखा जिल्लामै प्रथम भएको छ । उदयपुरमा आर्थिक बर्ष २०८१÷०८२ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय समिक्षा गोष्ठि मार्फत गरिएको कार्य प्रगति मुल्यांकनमा त्रियुगा नगरपालिकाको स्वास्थ्य शाखा प्रथम भएको हो । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको आयोजनामा भएको समिक्षा तथा कार्य प्रगति मुल्यांकनमा विभिन्न सुचकहरु मार्फत मुल्यांकन गर्दा स्वास्थ्य शाखाले उत्कृष्ट अंक हासिल गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ । प्रथम स्थान हासिल गर्न सफल त्रियुगा नगरपालिका स्वास्थ्य शाखालाई कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव यदुचन्द्र घिमिरे र स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले स्वास्थ्य शाखा प्रमुख उपेन्द्र कार्कीलाई सम्मान गरेका छन् । त्यसैगरी मुल्यांकन मार्फत दोस्रोमा कटारी नगरपालिका र तेस्रोमा लिम्चुङबुङ गाउँपालिकालाई पुरस्कृत गरिएको छ । त्रियुगा नगरपालिका अघिल्लो आर्थिक बर्ष पनि स्वास्थ्य शाखा मूल्यांकनमा प्रथम हुन सफल भएको शाखा प्रमुख उपेन्द्र कार्कीले जानकारी दिनु भयो ।

Last updated:2025 Oct 17 Friday 13:53:21

प्रतिक्रिया
सम्बन्धित समाचार