उपाहार न्यूज
सप्तरी जेठ ४
कोरोना भाईरसको संक्रमण दिन दिनै बढिरहदा दैनिक मृत्यु दर समेत बढदै गएको छ, कोरोना संक्रमणका कारण सप्तरीको सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको मृत्यु भएको छ ।
उपचाकरको लागि विराटनगर स्थित विराट नर्सिङ होम तथा विराटनगर अस्पतालमा मंगलवार विहान ४ वजे उनको मृत्यु भएको हो । दुई साता अघि ज्वरो, रुघाखोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य चौकीमा एन्टिजेन परिक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । गर्भवती समेत रहेकी उनलाई थप असहज भएपछि फत्तेपुर मोडल पोलिक्लिनिकमा सामान्य उपचारपछि विराटनगर लगिएको परिवारका सदस्ले जानकारी दिएका छन् । १० दिनअघि अस्पताल भर्ना भएकी उनलाई आईसियुमा राखेर उपचार सुरु गरिएको थियो । उपचारका क्रममा पनि स्वास्थ्यमा सुधार नआएपछि भन्टिलेरमा सारिएको थियो । ३ दिन अघि मात्रै उनको पेटमा भएको वच्चा पनि मृत अवस्थामा निकालीएको थियो ।वच्चाका कारण पनि उनलाई थप असहज भएको स्वास्थ्यकर्मीहरुले जनाएका छन् । मृतक चौधरीका पति र ७ वर्षिय एक छोरो छन् ।योसहित सप्तकोशीमा कोरोनाका कारण मर्नेको संख्या ३ पुगेको छ।