Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

तामाङ घेदुङ उदयपुरमा नयाँ नेतृत्व

  • उपहार न्युज
  • शनिबार, माघ २४ २०७७
तामाङ घेदुङ उदयपुरमा नयाँ नेतृत्व

उपाहार न्यूज
उदयपुर माघ २४
नेपाल तामाङ घेदुङ उदयपुरका छैटो जिल्ला अधिवेशन नयाँ नेतृत्व चनय गर्दै शनिवार गाईघाटमा सम्पन्न भएको छ । गाईघाट स्थित आदिवासी जनजाती भवनमा आयोजित अधिवेशनले अर्जुन घिसिङको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा याम लामा, सविता तामाङ सचिव फडिन्द्र तामाङ, सह सचिवमा दिपक तामाङ, कोषाध्यक्षमा मिना कुमारी तामाङ सदस्यहरुमा ज्ञान बहादुर तामाङ, मिश्रा तामाङ, पदमा तामाङ, माला तामाङ, हर्क बहादुर तामाङ, उपेन्द्र तामाङ, दल बहादुर तामाङ सर्वसहमत चयन भएका छन् ।
नेपाल तामाङ घेदुङका केन्द्रिय अध्यक्ष मोहन गोले तामाङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको उद्घाटन शत्रमा आदिवासी जनजाती महासंघका अध्यक्ष गौरीशंकर उदास, लामा घेदुङका केन्द्रिय उपाध्यक्ष धर्म डुम्जन तामाङ, तामाङ घेदुङका केन्द्रिय सदस्य थुसुङ घिसिङ, अग्रज तामाङ वृख बहादुर तामाङ लगायतले उद्घाटन शत्रमा शुभकामना मनतव्य राख्नु भएको थियो ।
घेदुङ अध्यक्ष पूर्णसिंह तामाङको अध्यक्षतामा संचालित उद्घाटनशत्रमा घेदुङका पूर्व सचिव स्व. नरेशमोहन गोले तामाङ प्रति श्रद्धान्जली समेत अर्पण गरिएको थियो ।

Last updated:2021 Feb 06 Saturday 14:52:28

प्रतिक्रिया
सम्बन्धित समाचार