Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरबाट प्रशारण हुने ‘उपहार एफएम’ तेस्रो वर्षमा प्रवेश

  • उपहार न्यूज
  • शुक्रबार, साउन १६ २०७७
उदयपुरबाट प्रशारण हुने ‘उपहार एफएम’ तेस्रो वर्षमा प्रवेश

उपहारन्यूज-
उदयपुर, साउन १६ ।
उदयपुरबाट नियमित प्रशारणमा रहेको उपहार एफएम तेस्रो वर्षमा प्रवेश गरेको छ । ठीक दुईवर्षअघि ९५.४ मेगाहर्ज फ्रिक्वीन्सीमार्फत प्रशारण शुरु भएको रेडियोले आफ्नै सभाहलमा अन्तरक्रियात्मक कार्यक्रमसहित वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सव विशेष कार्यक्रमका प्रमुख अतिथी स्वतन्त्र रेडियो प्रशारक संघ (बान)का केन्द्रिय कोषाध्यक्ष नविन राईले पछिल्लो पुस्तामा रेडीयो सुन्ने बानी खस्कीदै गएपनि लकडाउनको समय उल्लेख्य श्रोता बढेको बताए । ‘लकडाउनको समय हाम्रो श्रोताहरु घरमा बसेर रेडीयो सुन्ने बानीको विकास भएको हामीले पायौँ ।’ कोषाध्यक्ष राईले भने, ‘यी श्रोतालाई निरन्तरता दिने व्यवस्थापन रेडीयो र रेडीयाकर्मीबाट हुन जरुरी छ ।’ उनले रेडीयोहरुले आवाज बिहिनको कयौँ आवाजहरु बुलन्द गर्दै आएको स्मरण गर्दै राज्यलाई झकझकाउन बिगत र वर्तमान समय उत्तिकै रहेको जिकिर गरे ।

त्यस्तै त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका प्रथम उपाध्यक्ष तथा सञ्चालक समिति सदस्य रमेश रसाईलीले रेडीयोले नागरिकको आवाज बोल्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ उदयपुर शाखा उपाध्यक्ष भोटराज राईले रेडीयाहरुले सर्वसाधरणलाई सूचना र मनोरञ्जन प्रदान गर्न महत्वपूर्ण भूमिका खेलीरहेको चर्चा गरेका थिए । त्यस्तै कार्यक्रममा गाईघाटका व्यवारी शसी तुलाधरले पनि रेडीयो सफलताका लागि शुभकामना दिएका थिए ।

प्रमुख अथिती राईले केकमाथि दुईवर्ष ३ वर्ष अंकित केकमाथि दीप प्रज्वलनगरी उद्घाटन गरेका थिए । एफएमका प्रबन्धक तथा सञ्चालक समिति सदस्य सरोज निरौलाले सञ्चालन गरेको कार्यक्रममा सञ्चालक समिति सदस्य जयन्तीकला तामाङले स्वागत मन्तव्य राखेकी थिइन् ।

यसैगरी कार्यक्रम समापनसहितको संक्षित्व मन्तव्य राख्दै सञ्चालक समितिका अध्यक्ष तामाङले आफ्नो समूहबाट शुरु भएको एफएम सूचना, संगीत र मनोरञ्ज्नको क्षेत्रमा कोशेढुंगा सावित भएको बताए । तामाङले आरोह अवरोहबीच दुई वर्षे अवधि पार गरेको रेडीयोलाई आगामी दिनमा अझ सशक्त बनाउदै जाने प्रतिबद्धतासमेत जनाएका थिए ।

हेर्नुहोस् तेस्रो वार्षिकोत्सवका केही झलकहरु भिडियोमा-

https://www.facebook.com/100002002373548/videos/3197149737028407/

Last updated:2020 Jul 31 Friday 16:09:35

प्रतिक्रिया
सम्बन्धित समाचार