सुमन खतिवडा–
उदयपुर, असार १९ । बेलका नगरपालिकामा एक जनप्रतिनिधिसहित ५ जनामा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । छिमेकी मुलुक भारतबाट आएका वडा नम्बर ९ का बर्ष २३, र ३४ का पुरुषमा संक्रमण देखिएको हो । त्यस्तै बेलकाकै वडा नं ९ का ३२ वर्षीयलाई पोजेटिभ देखिएको हो । उनी पोखराबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए । वडा नं ५ एक पुरुष भने ४० बर्षका छन् । वडा नं २ का ६३ बर्षका पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ। असार १५ गरे ३३ जनाको पिसिआर टेस्ट गरिएको थियो ।