उदयपुर । कोरोना संकटको घडिमा अहोरात्र सडकमा खटिने सुरक्षाकर्मिहरु लाई त्रियुगा मावि गाईघाट बाट २०५४ सालमा एसएलसि दिएका व्याजीहरुको समुहले आज स्वास्थ सामग्री हस्तान्तरण गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख होम बहादुर खनाल र गाइघाट नगर प्रहरीका इन्चार्ज हरि भन्डारीलाई ८/८ हजार बरावरको सामग्री हस्तान्तरण गरिएको व्याजी समुहका कुमार अविरलले जानकारी दिए । ट्राफिक प्रहरी र नगर प्रहरीलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रयोग गरिने स्वास्थ सामग्री सेनिटाईजर,मास्क,डीटोल साबन, ग्लोब्स, हेण्डवास र फिनेल लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।
त्यस्तै समुहले रास्ट्रिय आबिस्कार केन्द्रलाई १० हजार सहयोग गरेको छ । यस विषम परिस्थितिमा युवाहरु जागरुक भएर आफुहरुलाई स्वास्थ सामग्री वितरण गर्दा कोरोना भाइरस विरुद्ध लड्न अझ उर्जा थपेको ट्राफिक प्रमुख खनाल र नगर प्रहरी इन्चाज भन्डारीको भनाई छ । कोरोनाको माहामारीले विश्व आक्रान्त भई रहकोबेला नेपालमा पनि सरकारले नियन्त्रणका लागि भन्दै लकडाउन जारी राखेको छ ।
गत चैत्र ११ गते देखि जारी लकडाउनका कारण प्रतक्ष्य रुपमा दैनिक ज्याला मजदुरी गर्ने श्रमिक र विपन्न तथा गरिव वर्गका जनतामा मारमा परेका छन । सरकाले नागरिकका लागि स्थानिय तह मार्फत राहत वितरण गरिरहेकोछ भने कति पए युवा तथा विभिन्न संघ संस्थाका व्यक्तिहरुले स्वस्फुर्त रुपमा आफुले सकेको सहयोग गरिहेका छन् ।