Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

लकडाउन/अपडेट

‘लकडाउन’मा कटारीको खानेपानी आयोजनाद्वारा महशुल छुट

  • उपहार न्यूज
  • बुधबार, बैशाख ३ २०७७
‘लकडाउन’मा कटारीको खानेपानी आयोजनाद्वारा महशुल छुट

उदयपुर, बैशाख ३ । विश्वव्यापी संक्रमण कोरोना भाईरस कोभिड १९ का कारण पुगेको असरलाई मध्यनजर गर्दै कटारी बजार नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था कटारी उदयपुरले उपभोक्ताहरुलाई खानेपानी महशुल छुट दिने भएको छ । संस्थाको समितिले निर्णय गर्दै यस अघिको सबै महशुल यहि वैशाख मसान्तसम्ममा तिरिसक्ने उपभोक्ताहरुलाई गएको चैत्र महिनाको महशुल नलिने भएको हो ।

लकडाउनका समयमा व्यापार व्यवसाय ठप्प हुनुका साथै ज्याला मजदुरी समेत गर्ने वातावरण नभएकाले उपभोक्ताहरुलाई परेको असरलाई ध्यानमा राख्दै समितिले पानीको महशुल छुट दिने निर्णय गरेको हो । विषम परिस्थितिमा उपभोक्ताहरुलाई सहज होस भनेर महशुल नलिने निर्णय गरेको समितिका अध्यक्ष दोजराज पौडेलले बताउनुभयो । संस्था अन्र्तगत कटारी बजार र आसपासमा गरी १४ सय उपभोक्ताहरुले खानेपानी प्रयोग गर्दै आईरहेका छन् ।

Last updated:2020 Apr 15 Wednesday 11:51:36

प्रतिक्रिया
सम्बन्धित समाचार