Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

#कोरोना(कोभिड–१९)लकडाउन

रौतामाइ गाउँपालिकामा राहत पाउने घरधुरी संख्या ‘४२९’

  • उपहार न्यूज
  • शनिबार, चैत्र २२ २०७६
रौतामाइ गाउँपालिकामा राहत पाउने घरधुरी संख्या ‘४२९’

शंकर रिखाम मगर – मुर्कुची, चैत २२ ।
उदयपुरको रौतामाइ गाउँपालिकाअनतर्गत बिभिन्न ठाउँका अति विपन्न वर्ग र दैनिक ज्यालादारी, मजदुरी कामगर्दै विहान बेलुका छाक टार्ने चार सय २९ घरधुरिहरुलाइ राहत वितरण गरिने भएको छ । नेपाल सरकारले आव्हान गरेको नोवेल कोरोना भाइरसको संक्रमण नफैलियोस भनी जारी गरेको लकडाउनको अवस्थामा घरवाट बाहिर काम गर्न नपाएपछी उक्त घरधुरिहरुमा विहान वेलुकी छाक टार्न धौ धौ भएको कारणले राहत वितरण गरिएको रौतामाइ गाउँपालिका अध्यक्ष गजेन्द्रवहादुर खड्काले बताए ।

नेपाल सरकारले विनियोजन गरेको रकमवाट राहत वितरण गरिएको होइन, स्थानिय स्थरमा रहेको बैंक, वित्तिय संघ संस्था, वन समूह, स्थानिय व्यापारी, स्थानिय वुद्धिजिवी र स्थानिय सरोकारवालाहरुवाट चन्दा संकलन गरेर राहत वितरण गरिएकोले अन्य कुरामा नलाग्नु र यो संक्रमणको अवस्थामा आफ्नै घरमा वसेर समय विताउनु पनि गाकपा अध्यक्ष खड्काले अनुरोध गरेकोछ ।

राहत वितरणको क्रममा रौतामाइ गाउँ पालिका वडा नम्वर ७ को २ सय ३१ घरधुरिलाइ राहत वितरण कार्य सम्पन्न भएकोछ भने एक घरधुरी वरावर २० किलो चामल, १ लिटर खानेतेल, २ किलो नुन, २ किलो चामल र हात धुनको लागि ४ वटा सावुन सहितको १४ सय रुपैयाँ वरावरको प्याकेज राहत वितरण गरिएकोथियो । घर बाहिर काम गर्नलाइ जानु पाएका थिएनौ, यति खाध्यान्न पाउँदा अलिदिन घर धान्न सजिलो र सहज भएको रौतामाइ ७ पुवारेका मिनवहादुर सुयाल सार्किले वताए ।

रौतामाइ गाउँपालिका वडा नम्वर १ स्थित २३ घरधुरी, क्रमशस् २ मा २४ घरधुरी, ३ मा १२ घरधुरी,४ मा ३५ घरधुरी, ५ मा १०० घरधुरी, ६ मा ४ घरधुरि, ७ मा २३१ घरधुरी र ८ मा ३५ घरधुरी गरि जम्मा ४ सय २९ घरधुरी वडा वडावाट तथ्याङ्क संकलन गरिएको थियो भने अझै लक डाउन प्रभावित घरधुरिहरु वढ्न सकिने पालिका अध्यक्ष खड्काले जानकारिदिदै सोमवार सम्ममा सम्पुर्ण रौतामाइ गापाका वडाहरुमा राहत वितरण कार्य सम्पन्न गरिने पनि वताए ।

Last updated:2020 Apr 04 Saturday 08:56:13

प्रतिक्रिया
सम्बन्धित समाचार