उपाहार न्यूज
उदयपुर, माघ २७
उदयपुरमा बिहेको जन्ती सवार ट्याक्टर दुर्घटना हुदा एक को मुत्यु भएको छ २५ जना भन्दा बढी घाइते भएका छन् । त्रियुगा नगरपालिका १६ रातापानीबाट उदयपुरगढीतर्फ विहेको जन्ती बोकेर जाँदै गरेको प्र. २–०१–००१ त १०९६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमका अनुसार त्रियुगा नगरपालिका १४ का १९ वर्षिय मिलन मग्रातीको घटना स्थलमै मृत्यु भएको हो ।
त्यस्तै अन्य घाइतेहरुमा त्रियुगा नगरपालिका वडा नम्बर १६ का २६ वर्षीय सागर कोइराला, त्रिनपा १६ का २२ वर्षीय दीपेन सुयल, रौतामाई ७ कि १८ वर्षीया सुस्मीताको अवस्था गम्भीर रहेकाले उनीहरुलाई थप उपचारका लागि बिराटनगर रेफर गरिएको छ । हाल बोक्सेस्थित जिल्ला अस्पताल उदयपुरमा उपचाररत घाइतेहरुको पनि पहिचान खुलेको छ । प्रहरीले दिएको जानकारी अनुसार त्रिनपा १६ का २२ वर्षीय नइन्द्र रोका, त्रिनपा ७ का ३२ वर्षीय अमृतबहादुर सार्की रहेका छन् ।
त्यस्तै त्रिनपा १६ का १७ वर्षीय किशोर राई, त्रिनपा १६ का १८ वर्षीय शेर मगर, त्रिनपा १४ का २१ वर्षीय लोककुमार राई, त्रिनपा १६ का १८ वर्षीय दिनेश वर्मा, त्रिनपा १६ २६ वर्षीय बिमन विक, त्रिनपा १६ का १८ वर्षीय मिलन विक, त्रिनपा १६ का २२ वर्षीय केदार मगर, त्रिनपा १६ का २० वर्षीय मोहनबहादुर मगर छन् । त्यसैगरी त्रिनपा १६ का ३९ वर्षीय भुपाल सार्की, त्रिनपा १६ का १८ वर्षीय सुनिल मगर, त्रिनपा १६ का १८ वर्षीय रबिन्द्र मगर, त्रिनपा १६ का २६ वर्षीय बिदुर सार्की, त्रिनपा १६ का १६ वर्षीय दिवस रोका, त्रिनपा १६ का ६९ वर्षीय टंकबहादुर सार्की, त्रिनपाका ४ का दुर्गबहादुर सार्की र रौतामाई गाउँपालिका वडा नम्बर ४ का मनोज दुलाल, रौतामाई ४ का १३ वर्षीय दिलिप रोका र रौतामाई ४ कै १७ वर्षीय प्रदिप रोका रहेका छन् ।
डीएसपी गौतमका अनुसार बेहुला त्रिनपा १६ का धिरेन रोका तथा बाबु चन्द्रबहादुर रोकाको अवस्थाबारे भने प्रहरीले केही खुलाएको छैन । यता दुर्घटना लगतै ट्याक्टर चालक फरार भएका छन् ।