Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

उदयपुरगढी गाउँपालिका ८ मा केराको रेसा उत्पदान सुरु

  • उपहार न्यूज
  • आइतबार, पुष २० २०८२
उदयपुरगढी गाउँपालिका ८ मा केराको रेसा उत्पदान सुरु

उपहार न्यूज
उदयपुर पौष २०
उदयपुरगढी गाउँपालिका वडा नम्बर ८ भलायाडामा केराको रेसाको व्यवसायीक उत्पादन सुरु गरिएको छ । स्थानिय स्तरमा उत्पादन हुने केराबाट उत्पादन हुने केराका रेसाको स्थानिय तारा मगरले व्यवसायीक रुपमा उत्पादन सुरु गर्नु भएको हो ।
उदयपुरगढी गाउँपालिका उदयपुर र सहयोगी हातहरुको समुह साहस नेपालको सहयोगमा व्यवसायीक रुपमा केराको रेसा उत्पादन गर्नका लागि सुरु गरिएको हो । उदयपुरगढी गाउँपालिका क्षेत्रमा सेती केराको उत्पादन राम्रो रहदै आएको र केरा प्रति खाप ४० देखि ६० रुपैया सम्म विक्रि भैरहेको किसानहरुले केरा खेती समेत गर्दै आएका छन् ।
उदयपुरगढी गाउँपालिका ८ भलायाडाडाका स्थानिय टंक बहादुर मगरलाई काठमाण्डौमा केराको रेसा बनाउने सम्बन्धि तालिम प्राप्त गरे संगै केराको रेसा उत्पादन गर्न सुरु गरिएको हो ।
केरा उत्पादन भए पछि त्यसको खम्बा खेर गईरुहेको अबस्थालाई सदुपयोग गर्दै उद्यम विकास गर्दै आय आर्जन वृद्धि गर्ने उद्देश्यका साथ केराको रेसा उत्पादन थालिएको साहस नेपालका परियोजना अधिकृत सारा सिग्देलले जानकारी दिनु भयो । स्थानिय स्तरमा उत्पादन भैरहेको रेसा काठमाण्डौमा प्रति केजी १५० देखि २०० सम्ममा विक्रि हुन थाले पछि केराको रेसा उत्पादन तर्फ स्थानियहरु पनि आकर्षित हुन थालेका छन् । केराको रेसा उत्पादन बाट कपडा कागज लगायत बनाउन सकिने रहेकाले साहस नेपाल र उदयपुरगढी गाउँपालिकाको सहयोगमा स्थानिय टंक मगरलाई केराको रेसा बनाउन तालिम प्रदान गरेको थियो । केराको रेसाबाट समेत आम्दानी गर्न सकिने भए पछि सहास नेपालले सवै कृषकहरूलाई केरा खेती तर्फ अभियानको रूपमा अगाडी वढाउनुको साथै केराको चिप्स, लस्सी उत्पादन लाई जोड दिएइएको साहास नेपालका सिनियर पैरवी तथा साझेदार सहजकर्ता वेलु सुन्दासले जाकनारी दिनु भयो । केरको रेसा उत्पादनबाट किसानले आम्दानी गर्न थाले पछि उदयपुरगढी गाउँपलिकाले केरा उत्पादनमा अधारित प्रोत्साह अनुदान र २ स्थानमा केराको रेसा उत्पादन गर्ने लक्ष्य राखेको गाउँपालिको जनाएको छ । केराको सेसा उत्पादन गर्नका लागि स्थानिय उद्यमी टंक बहादुर मगरलाई सहास नेपाल र उदयपुरगढी गाउँपालिकाबाट एक लाख पचास हजारको मेसिन समेत उपलब्ध गराइएको गाउँपालिका उपाध्यक्ष जितबहादुर खड्काले जानकारी दिनु भयो ।

Last updated:2026 Jan 04 Sunday 07:44:15

प्रतिक्रिया
सम्बन्धित समाचार