Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

पानीमा रुझ्दै श्रमदान गर्दै लिम्चुङबुङका जनप्रतिनिधि र कर्मचारी

  • उपहार न्यूज
  • शुक्रबार, भाद्र ६ २०८२
पानीमा रुझ्दै श्रमदान गर्दै लिम्चुङबुङका जनप्रतिनिधि र कर्मचारी

उपहार न्यूज
उदयपुर भाद्र ६
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले पालिकामा सकरात्मक परिवर्तन ल्याउनको लागि साताको ५ दिन पेपर वर्क र एक दिन फिल्ड वर्क गर्ने निति अनुसार शुक्रबार पनि श्रमदानमा जुटेका छन् । पालिकाले हरेक शुक्रबार श्रमदान अभियान संचालन गर्ने निर्णय गरे संगै पालिकामा दोस्रो साताको शुक्रबार श्रमदान गरिएको हो । बर्खायामको समयमा पानीमा रुझ्दै भए पनि लिम्चुङबुङका जनप्रतिनिधि र कर्मचारीको नेतृत्वमा शुक्रबार जनश्रमदान गरिएको हो ।
पालिका केन्द्र बराहाको बाजा गाउँ देखि वडा नम्बर ४ बलम्ता वडा कार्यालय जाने साडक वर्षातको कारणले गर्दा विग्रिएकाले सो सडक मर्मत गरिएको छ । वर्षातको कारण विग्रिएको सडक पालिकाको समुह र वडा नम्बर ४ बलम्ताको समुहको सहकार्यमा सडक मर्मत गरिएको पालिकाका कर्मचारी विपन राईले जानकारी दिनु भयो । श्रमदानमा पालिका अध्यक्ष मेजरकुमार राई, प्रमुख प्रशासकीय अधिकृत सन्देश राई सहितका जनप्रतिनिधि र कर्मचारीहरुको उपस्तिथी रहेको थियो ।
विहिबार अर्थात भाद्र ५ गते प्रमुख प्रशासकीय अधिकृत सन्देश राई जिल्लाका कार्यालय प्रमुखहरुको नियमित बैठकमा सहभागी भएर पालिका अध्यक्ष सहित विहिबार रातीनै कार्यालयको नियमित कार्य सम्पादन र शुक्रबारको श्रमदानको लागि पालिका पुग्नु भएको थियो । पालिकामा विशेषगरी शुक्रबार सेवाग्राहि कम आउने र अत्यावश्यक कामलाई प्राथमिक्तामा समेत राखेर फुर्सदको समयमा कर्मचारीलाई समेत ग्रामिण पालिकाको विकासको श्रम संग जोड्नका लागि श्रमदानमा होमिएको प्रमुख प्रशासकीय अधिकृत सन्देश राईले जानकारी दिनु भयो । श्रमदानमा जनप्रतिनिधि र कर्मचारीहरु समेत खुसी छन् । नेपालका ग्रामिण क्षेत्रका गाउँहरु विघटनको खतरा बढेकाले स्थानिय कृषि, पर्यटन र पूर्वाधारको विकासमा श्रमदान मार्फत जनतामा आशा जगाउनुको विकल्प नरहेको गाउँपालिका अध्यक्ष मेजरकुमार राई बताउनु हुन्छ ।

Last updated:2025 Aug 22 Friday 17:38:00

प्रतिक्रिया
सम्बन्धित समाचार