उपहार न्यूज
गाईघाट चैत १२
उदयपुरको त्रियुगा नगरपालिका उदयपुरले आर्थिक बर्ष २०८२/०८३ को दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । त्रियुगा नगरपालिकाको सभाहलमा नगरपालिकाको दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
सुशासन, पारदर्शिता र जवाफदेहिताको लागि नगरपालिकाको दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
त्रियुगा मिडिया एजेन्सी प्रा.लिले सहजीकरण गरेको कार्यक्रमका सहभागीहरुले नगरपालिका क्षेत्र भित्र हुने विकास निर्माण, सार्वजनिक सेवा प्रवाह, फोहोर व्यवस्थापन, लागुऔषध दुव्र्यसनीका समस्याहरुको बिषयमा विभिन्न प्रश्न तथा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा त्रियुगा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद आचार्यले नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । उहाँले कतिपय अबस्थामा योजनाहरुको विल भुक्तानीमा सेवाग्राहिहरु दोहोरीए आउने जाने क्रम भएकाले प्राविधिक जाँचसाप र अनुगमन भएर आएका योजनाका भुक्तानी गर्न कुनै समस्या नहुने बताउनु भयो ।
कार्यक्रममा त्रियुगा नगरपालिका नगर प्रमुख बसन्तकुमार बस्नेतले त्रियुगा नगरपालिका जनप्रतिनिधि र सिंगो नगरपालिका समृद्ध त्रियुगा नगरपालिका निर्माणमा लागि परेको बताउनु भयो । उहाँले नगरपालिकाको दैनिक कार्य सम्पादनलाई सहज बनाउनको लागि नागरिक साहयता कक्ष समेत संचालन गर्ने तयारी रहेको बताउनु भयो । उहाँले नगरपालिकालाई पारदर्शि र जवाफदेहि बनाउनको लागि सार्वजनिक सुनुवाई तथा जनता संग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रम र नगर क्षेत्र भित्रको अवलोकन भैरहेको समेत बताउनु भयो । सार्वजनिक सुनुवाई कार्यक्रममा त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राई, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, बिषयगत शाखाका प्रमुख, कर्मचारी, स्थानिय नागरिक, पत्रकार, टोल विकास संस्था, सहकारी संस्थाका प्रतिनिधि लगायतको उपस्तिथी रहेको थियो । कार्यक्रमको सहजीकरण त्रियुगा मिडियाका विश्वराज तामाङ र देवराज राईले गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन शत्र त्रियुगा नगरपालिकाका सामाजिक शाखा प्रमुख राजकुमार खड्काले गर्नु भएको थियो ।