Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

पेशाबाट बञ्चित गरेको प्रति शिक्षक संघ संगठनको आपत्ती

  • उपहार न्यूज
  • सोमबार, कार्तिक १४ २०७९
पेशाबाट बञ्चित गरेको प्रति शिक्षक संघ संगठनको आपत्ती

उपाहार न्यूज
उदयपुर कात्तिक १४
उदयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउ स्थित जनता मावि रसुवामा राहात दरबन्दीमा कार्यरत शिक्षक युवराज कार्कीलाई लाई विद्यालय प्रशासनले पेशाबाट बन्चित गर्ने कार्य गरेको प्रति विभिन्न शिक्षक संघ संगठनहरुले ध्यानकर्षण जनाएको छ ।
विद्यालयको गतिविधि संग असान्दर्भिक बिषयमा विद्यालय प्रशासनले कार्कीलाई शिक्षकबाट बर्खास्त गरेको प्रति नेपाल शिक्षक संघ उदयपुर र नेपाल राष्ट्रिय शिक्षक संगठन उदयपुरले छुट्टा छुट्टै विज्ञप्ती जारी गरी विरोध गरेको हो । शिक्षक कार्की संग जोडिएर व्यक्तिगत तथा सामुदायीक छलफलको बिषय विद्यालय संग नजोडिदा पनि शिक्षक माथि भएको यो कार्य निन्दनीय रहेको शिक्षक संगठनहरुको ठहर छ । नेपाल शिक्षक संघ उदयपुरका सचिव रामप्रसाद ढुंगाना तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष यादब बहादुर बस्नेतद्धारा हस्ताक्षरित विज्ञप्तीमा विदाको समयमा गरिएको बर्खास्तको निर्णय फिर्ता लिन विद्यालयलाई माग गरेको छ । शिक्षक कार्की जुन बिषयमा छलफलको बिषय बनेको छ त्यसको बिषयमा कारर्वाहि गर्ने तथा निर्णय गर्ने अन्तिम अधिकार न्यालय तथा प्रशासन हुदाँ हुदै विद्यालयले गरेको यस किसिमको हर्कत प्रति शिक्षक संघ संगठनहरुले ध्यानकर्षण जनाएको हो ।

Last updated:2022 Oct 31 Monday 13:20:07

प्रतिक्रिया
सम्बन्धित समाचार