सौरभ मगर
असार १६ गाईघाट
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १०को माध्यमिक शिक्षा परीक्षा ९एसईई ०मा उदयपुरको सदरमुकाम गाईघाट स्थित प्याराडाइज सेकेन्डरी स्कुलका २८ जना विद्यार्थीले ३।६(४ जिपिए अर्थात ए प्लस ल्याउन सफल भएका छन । दीनबन्धु बास्तोलाले ४ जिपिए ल्याएभने अन्य २७ जना विद्यार्थीले सर्वोत्कृष्ट नतिजा ल्याएका छन । सर्वोत्तम नतिजा ल्याउने विद्यार्थीहरु आरुसी निरौला , सुदर्शन बुढाथोकी, धीरज कार्की , अनिश पौडेल , आकृति खड्का ,सन्धिया थापा , अबिशन रायमाझी ,कामना तामाङ , प्रमेश कार्की , सागर कार्की , युनिका पोखरेल मगर ,न्युनजन गुराँगाई , निकोल कार्की , रिसब खत्री , सुदीन जंग बस्नेत , एन्जल रायमाझी , एन्जिला चौधरी , बिलकसन खत्री , प्रशुना पाण्डे , सुजित पाण्डे , अनुस्का खड्का , हिमेश दनुवार , श्रीशा अधिकारी , श्रीस्टीका खोहोरिया थारु , युना मगर , प्रशान्त कुमार साह र मेलिना कटुवाल रहेका छन् । त्यसैगरी ३।२(३।६ जिपिए अर्थात् ए ल्याउने २८ जना र बि प्लस २।८( ३।२ जिपिए २९ जना विद्यार्थीले ल्याएको प्रिन्सिपल बाबुराम आचार्यले जानकारी दिनुभयो ।
सर्वप्रथम चुस्त विद्यालय व्यवस्थापन, शैक्षिक गुणस्तर, शिक्षक विद्यार्थी अभिभावकबिचको समन्वय, पढाईसंगै खेलकुद ,भौतिक पुर्वाधार, शान्त वातावरण, कम्प्युटर ल्याब , विद्यार्थी शिक्षकको नियमित उपस्थितिले पनि विद्यार्थीको नतिजा सर्वोत्कृष्ट रहेको प्रीन्सिपल आचार्यले बताउनुभयो ।
पछिल्लो तीन वर्षमा कक्षा १० को नतिजामा प्याराडाईजले सर्वोत्कृष्ट जिल्ला ह्याट्रिक गरेको छ । २०७९सालमा २४ जना र २०८० साल मा २२ जनाले ए प्लस ल्याउन सफल भएका थियोे । वि।स। २०६० सालमा स्थापना भएको स्कुलमा २०७६ सालबाट कक्षा ११र१२ व्यवस्थापन संकायमा समेत पठनपाठन हुँदै आएको छ । यस बर्ष कक्षा ११ मा भर्ना हुन चाहाने विद्यार्थीको लागि यहि असार २१ गते सनिवार पहिलो प्रवेश परीक्षा लिइने विद्यालय प्रशासनले जनाएको छ ।
