सौरभ मगर
असार १८
गाईघाट पछिल्लो समय सामुदायिक विद्यालयमा कक्षा १० को माध्यमिक शिक्षा परीक्षा( एसईई )मा नतिजा सुधारत्मक रहेको पाइएको छ । उदयपुर सदरमुकाम गाईघाट स्थित त्रियुगा माध्यमिक विद्यालयमा ७ नजा विद्यार्थीले सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएका छन । ३.६ -४ जिपिए अर्थात् ए प्लस ल्याउने विद्यार्थीहरु अर्यान खड्का , सुशान्त कटुवाल ,पवन बस्नेत , प्रशान्त राउत , युनिशराज चौधरी , मनिशा चौधरी र प्रेक्क्षा कोइराला रहेका छन् ।त्यस्तै जिपिए ३.२-३.६ अर्थात ए ल्याउने विद्यार्थी जम्मा ३७ जना रहेकोे छ । २.८-३.२ सम्म ४० जना र २.४-२.८ सम्म २१ जनाले उत्तीर्ण गरेको विद्यालयका परीक्षा शाखा प्रमुख हीरा दियालीले जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा सबै किसिमका परिवारका बालबच्चा पढ्न आउने र विभिन्न आर्थिक कारणले गर्दा पढाइमा समस्या हुने गरेको प्राचार्य सुवास बिष्ट बताउनु हुन्छ। अभिभावकको नियमित हेरचाह , विद्यालयमा शिक्षकसङ्गको अन्तर्क्रिया , अतिरिक्त कक्षा संचालनले नतिजामा थप सुधार ल्याउने प्रअ बिष्टको बुझाई छ । सामुदायिक विद्यालय मा गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै आम अभिभावकलाई शिक्षाको चेतनामूलक कार्यक्रम संचालन गर्ने , नियमित विद्यार्थीलाई विद्यालय पठाउने , शिक्षक अभिभावकबीच छलफल गर्ने , विद्यार्थीको रुचिमा अभिभावकको भुमिका निर्वाह गर्नले विद्यार्थी आफैं उत्कृष्ट हुने विद्यालय प्रशासनको भनाइ छ ।