Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

मोतिगडा क्याम्पसलाई प्रदेश सरकारको शुद्ध खानेपानी फिल्टर प्रदान

  • उपहार न्यूज
  • बिहिबार, साउन २ २०८२
मोतिगडा क्याम्पसलाई प्रदेश सरकारको शुद्ध खानेपानी फिल्टर प्रदान

सौरभ आलेमगर

उदयपुर श्रावण १

उदयपुरको गाईघाट स्थित त्रियुगा जनता बहुमुखी क्याम्पसमाका विद्यार्थीको लागि शुद्ध पिउने पानीको फिल्टर कोशी प्रदेश सरकारले प्रदान गरेको छ । तत्कालीन कोशी प्रदेशका खानेपानी सिचाइ तथा उर्जामन्त्री नारायण बुर्जामगरले २०८० फागुन २ गते क्याम्पसको एक कार्यक्रममा खानेपानीको ब्यबस्था गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सोही प्रतिबद्धता पछि खानेपानीको फिल्टर ल्याउने प्रक्रिया सुरु भएको थियो । क्याम्पसमा अध्ययनरत विद्यार्थीको लागि मुख्य समस्याको रुपमा रहेको शुद्ध खानेपानीको समस्या अब समाप्त भएको क्याम्पस प्रमुख डा. कैलाश कुमार राई बताउनु हुन्छ । हिजो हामि स्वबियु निर्वाचनमा होमिदै गर्दा घोषणा पत्रमा उल्लेख गरेका सम्पुर्ण कुराहरु पुरा गर्न लागि परिरहेका थियौँ र केहि बाकीँ रहेका कामहरु आज पनि निरन्तर लागि परेर पुरा गर्दै छौँ ,भन्नू हुन्छ तत्कालीन स्ववियु अध्यक्ष सरोज कार्की । ५ हजार लिटरको ठुलो ट्याकीको साथ गर्मी महिनामा चिसो र जाडो महिनामा तातो बनाउने प्रत्येक घण्टा १५० लिटरको पानी शुद्ध गर्ने फिल्टर गर्ने पूर्वस्ववियु अध्यक्ष कार्कीले बताउनुभयो ।छोटो समय सम्म पदमा रहुनु भएका मन्त्री बुर्जा पछि वर्तमान खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री एकराज कार्कीको समेत पहलमा सो खानेपानी फिल्टर उपलब्ध भएको क्याम्पस प्रशासनले जनाएको छ ।

Last updated:2025 Jul 17 Thursday 12:10:59

प्रतिक्रिया
सम्बन्धित समाचार