Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

४ जिपिए सहित बालमन्दिर मावि बोक्सेको ९७ प्रतिशत विद्यार्थी एसईई उत्तिर्ण

  • उपहार न्यूज
  • मंगलबार, असार १७ २०८२
४ जिपिए सहित बालमन्दिर मावि बोक्सेको ९७ प्रतिशत विद्यार्थी एसईई उत्तिर्ण

उपहार न्यूज
उदयपुर असार १८
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० स्थित बालमन्दिर माध्यमिक विद्यालयले २०८१ सलाल चैतमा सम्पन्न एसईई परिक्षामा ९७ प्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल भएको छ ।
बालमन्दिर माध्यमिक विद्यालयबाट एसईईमा सहभागी का एक विद्यार्थीले ४ जिपिए ल्याई एस.एल.सी उत्तिर्ण गर्न सफल भएका छन् । बालमन्दिर माध्यमिक विद्यालयबाट २०८१ सालको एसईई परिक्षामा सहभागी विद्यार्थी अविन्द्र राईले जिपिए ४ ल्याउन सफल भएका हुन् । बालमन्दिर माध्यमिक विद्यालयबाट सहभागी १०१ मध्य ९८ जना विद्यार्थी परिक्षामा उत्तिर्ण हुन सफल भएका थिए । शुक्रबार प्रकाशित नतिजा अनुसार अविन्द्र सहित ३ जना विद्यार्थीले बालमन्दिरबाट “ए” प्लस ल्याई उत्तिर्ण हुन सफल भएका छन् । त्यसैगरी ३० जना विद्यार्थीले “ए” , ४८ जना विद्यार्थीले “बि” प्लस र २८ जना विद्यार्थीले “बि” ल्याई परिक्षामा उत्तिर्ण गर्न सफल भएको बालमन्दिर माध्यमिक विद्यालयका प्रधानध्यापक जंगबहादुर खड्काले जानकारी दिनु भयो ।
सामुदायीक विद्यालय तर्फ उत्कृष्ट अंक ल्याउने विद्यालयहरु मध्य बालमन्दिर माध्यमिक विद्यालय समेत यस बर्ष अग्रस्थानमा रहेको शिक्षा विकास तथा समन्वय इकाई उदयपुरका प्रमुख भवानी कट्टेलले जानकारी दिनु भयो ।

Last updated:2025 Jul 01 Tuesday 14:31:00

प्रतिक्रिया
सम्बन्धित समाचार