Upahar News शुक्रबार, कार्तिक २१ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

स्ट्याण्डर्ड भिजनद्धारा सम्योकहाङ राई स्मृति शिक्षा पुरस्कार प्रदान

  • उपहार न्यूज
  • बिहिबार, भाद्र २५ २०८३
स्ट्याण्डर्ड भिजनद्धारा सम्योकहाङ राई स्मृति शिक्षा पुरस्कार प्रदान

उपहार न्यूज
उदयपुर भाद्र २५
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ मा अबस्थित स्ट्ण्याण्डर्ड भिजन एकेडेमीले आफ्ना दिवंगत विद्यार्थी सम्योकहाङ राईको दोस्रो स्मृति दिवशको अबसर पारेर विद्यालयमा उत्कृष्ट अंक हासिल गर्ने ४ जना विद्यार्थीलाई शिक्षा पुरस्कार वितरण गरेको छ । होटल इम्पायर इनमा आयोजना गरिएको उक्त कार्यक्रममा त्रियुगा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तिलकबहादुर कटुवाल, विद्यार्थीका अभिभावक ताराकिरण राईको उपस्तिथीमा पुरस्कार वितरण गरिएको हो । दिवंगत विद्यार्थी सम्योकहाङ राईको स्मृतिमा परिवारले १ लाखको अक्षय कोषको स्थापना गरी प्रत्येक बर्ष विद्यालयमा अध्यानरत विद्यार्थीहरुलाई पुरस्कृत गर्दै आएको छ । यस बर्ष कक्षा ८ को परिक्षामा उत्कृष्ट अंक हासिल गरेका अनुजा भण्डारी, आयुषा थापा, मनिस विक र मिनुषा राईलाई नगद २५ सय सहित पुरस्कृत गरिएको विद्यालयका संचालक समिति अध्यक्ष सुखीलाल चौधरीले बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष विश्वराज तामाङ, शिक्षक, अभिभावक र विद्यार्थीहरुको ठूलो सहभागीता रहेको थियो ।

Last updated:2026 Sep 10 Thursday 12:30:57

प्रतिक्रिया
सम्बन्धित समाचार