Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

सुनौलो टाेलबासी पुस्तक पढ्ने अभियानमा

  • उपहार न्यूज
  • शनिबार, बैशाख २६ २०८३
सुनौलो टाेलबासी पुस्तक पढ्ने अभियानमा

उदयपुर बैशाख २६/ सुनौलो टोल विकास संस्थाले आज २०८३ बैशाख २६ गतेदेखि पुस्तक पढ्ने नयाँ अभियानको औपचारिक थालनी गरेको छ। अभियानअन्तर्गत प्रत्येक व्यक्तिलाई एउटा पुस्तक एक महिनासम्म अध्ययन गर्न पाउने व्यवस्था गरिएको संस्थाले जनाएको छ। अभियानको सुरुवाती दिनमै सहभागीहरूलाई आफ्नो इच्छाअनुसार पुस्तक छनोट गर्ने सुविधा प्रदान गरिएको थियो।

२०७९ सालमा त्रियुगा नगरपालिकामा विधिवत दर्ता भई सञ्चालनमा आएको सुनौलो टोल विकास संस्था संगमटोलको उत्तर-पश्चिम क्षेत्रमा अवस्थित छ। यस टोल विकास संस्थाले बचत सङ्कलन, ऋण लगानी, सामाजिक सचेतना लगायतका विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको छ। समुदायमा पुस्तक पढ्ने बानीको विकास गर्ने उद्देश्यले यसपटक नयाँ अभियान सुरु गरिएको संस्थाले जनाएको छ।

संस्थाका अध्यक्ष बिन्द्र तामाङ ले पुस्तक पढ्ने अभियानलाई निरन्तरता दिइने बताउनुभयो भने उपाध्यक्ष सरिता पौडेल गुरागाइँले “पुस्तक किन पढ्ने ?” भन्ने विषयमा सहभागीहरू लाई सहजीकरण गर्नुभएको थियो।

अभियान सञ्चालनका लागि आवश्यक पुस्तकहरू धनकुमार श्रेष्ठ द्वारा निःशुल्क रूपमा उपलब्ध गराइएको हो। श्रेष्ठ नेपाल लाइब्रेरी फाउन्डेसन का महासचिव, गृहपुस्तकालय अभियानका केन्द्रीय संयोजक तथा संगम टोल सुधार समितिका अध्यक्ष समेत हुनुहुन्छ।

Last updated:2026 May 09 Saturday 09:18:41

प्रतिक्रिया
सम्बन्धित समाचार