Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

रबिले ल्याए नेताको लागि माझी औला

  • उपहार न्यूज
  • मंगलबार, असार १ २०७८
रबिले ल्याए नेताको लागि माझी औला

उपाहार न्यूज
नेता र नेतृत्व प्रति दिनप्रतिदिन युवाहरुको निरासा बढ्दै गए पछि विभिन्न माध्यमबाट युवाहरुले यतिवेला आक्रोस पोखि रहेका छन् । यस्तै शिलसिलमा गायक रवि रिमालले नेताहरुलाई व्यांग गर्दै नयाँ गीत सार्वजनिक गरेका छन् ।
देशमा भने भ्रष्टाचार, महँगी लगायत दिन प्रतिदिन बढ्दै जादाँ राजनीतिक अवस्थालाई व्यङ्ग्य गर्दै गायक रवि रिमालले ‘नेताज्यु तिमीलाई माझी औँला’ बोलको गीत बनाएका छन् । गीतमा उनलाई ¥याप गायनमा आयुस प्रतिक अधिकारीले साथ दिएका छन् । गीतमा शब्द, संगीत, संगीत संयोजन तथा म्युजिक भिडियो निर्देशन गायक रिमालकै रहेको छ ।सँधैजसो रोमान्टिक र डान्सिङ गीत गाएर दर्शक श्रोतालाई मनोरञ्जन दिंदै आएका गायक रिमालले यसपाली केही फरक गीत ल्याएका हुन् । गीतमा रोग, भोक अनि शोकमा डुबेका तीन करोड नेपालीको पीडा पनि छ । सुमनकुमार श्रेष्ठको छायाँकन रहेको भिडियोलाई फराज अर्पनले सम्पादन गरेका हुन् ।

Last updated:2021 Jun 15 Tuesday 14:58:16

प्रतिक्रिया
सम्बन्धित समाचार