Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

सगरमाथामा विश्वको सबैभन्दा उचाइको फेशन शोको दोस्रो संस्करण हुने

  • उपहार न्यूज
  • सोमबार, जेष्ठ १७ २०७८
सगरमाथामा विश्वको सबैभन्दा उचाइको फेशन शोको दोस्रो संस्करण हुने

सोलुुखुम्बु – विश्वको सबैभन्दा उचाइमा भएको फेशन सोको कीर्तिमान कायम गरेको माउन्ट एभरेस्ट फ्यान रनवेको दोस्रो संस्करण आगामी भदौ—असोज महिनमा हुने भएको छ ।

२०७६ पुस—माघमा भएको कार्यक्रमको पहिलो संस्करणमा गिनिज बुक अफ वल्र्ड रेकर्डबाट विश्व कीर्तिमानको उपाधि प्राप्त भएको थियो ।

भारतको अग्रणी सञ्चार सामग्री निर्माता इन्डिमोल साइन इन्डियाले नेपालका के फिल्म्स र एमई टू फिल्मसँग कार्यक्रमको दोस्रो संस्करण आयोजना गर्नका लागि सहकार्य गर्ने भएको छ ।
सगरमाथा क्षेत्रमा ५,८००० मिटर उचाइमा रहेको स्थानमा कार्यक्रम हुने आयोजकले जनाएको छ, जहाँ वायुमण्डलमा करिब ५० प्रतिशत मात्र अक्सिजन हुनेछ भने तापक्रम माइनस ३० डिग्री सेल्सियस ।

के फिल्म्सका प्रमुख कार्यकारी अधिकृत पङ्कज के गुप्ताले तयार पारेको अवधारणामा विकसित यस कार्यक्रममा उनले नै सहभागीहरूलाई दिशानिर्देश गर्नेछन् । कम्पनीका सीओओ र सीएफओ क्रमशः रमिला नेम्कुल र रिकेन महर्जनले कार्यक्रम आयोजनाको समन्वय गर्नेछन् । एमई टू फिल्म्सका श्रुति अनिन्दिता वर्मा र अमिताभ एस वर्माले कार्यक्रमको निर्देशन गर्नेछन् । स्रोत ः हिमाल समाचार डटकम

Last updated:2021 May 31 Monday 13:11:47

प्रतिक्रिया
सम्बन्धित समाचार