Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

मिस उदयपुरका सहभागीलाई महिला अधिकार तथा कानुन बारे तालिम

  • उपहार न्युज
  • शनिबार, फाल्गुन २९ २०७७
मिस उदयपुरका सहभागीलाई महिला अधिकार तथा कानुन बारे तालिम

उपाहार न्यूज
उदयपुर फागुन २९
जारी मिस उदयपुरको दोस्रो सन्सकरण वाई वाई मिस उदयपुरका सहभागिहरुलाई अधिवक्ता बिणा पाण्डेद्वारा महिला अधिकार र महिला सम्बन्धी बनेका कानुनका बारेमा जानकारि गराईएको आयोजक विङ्स इन्टरटेन्मेन्टका निर्देशक एम्जे मिथुनले जानकारी गराउनु भयो ।
संगम पुस्तकालयम संचालित बन्द प्रशिक्षणको आज दोस्रो दिनको कक्षामा अधिवक्ता बिणा पाण्डेले सहभागी किशोरिहरुलाई नेपालको संविधानमा महिलाहरुका लागि बनेका कानुन, हक–अधिकार र कानुनी प्रावधानका वारेमा जानकारी गराएकी छिन । उनले प्रशिक्षणकै क्रममा सहभागिहरुलाई देशका प्रमुख निकायका प्रमुखहरुको वारेमा जानकारी दिनुका साथै पदाधिकारिहरुका काम कर्तव्यका बारेमा पनि जानकारी गराएकी थिईन ।
जारी दोश्रो संस्करणको पहिलो चरणको अनलाईन भोटिङको लागि इनडोर फोटोसुट पनि आजै गरिएको सन्चालक एम्जे मिथुनले जानकारी दिएका छन भने भोलि दिउसो देखि ग्लोबल अनलाईन पे एप मार्फत अनलाईन भोटिङ समेत शुरुहुने आयोजकले जानकारि दिएका छन।

Last updated:2021 Mar 13 Saturday 12:43:02

प्रतिक्रिया
सम्बन्धित समाचार