उपहारन्यूज-
उदयपुर, साउन ३२ ।
स्थानीय कला र सौन्दर्य प्रस्फुटनको क्षेत्रमा लामो समयदेखि सक्रिया ‘ताल डान्स हाउस’ सातौ वर्षमा प्रवेश गरेको छ । उदयपुर सदरमुकाम गाईघाटस्थित जगत भवनमा सञ्चालित डान्स हाउसले सगौरब ६ वर्षीय यात्रा पूरा गरेको हो । स्थापनाको वार्षिकोत्सव कोभिड– १९ का कारण बृहत रुपमा औपचारिकता दिन नसकिएको सञ्चालक एमजे मिथुन ठाकुरले जानकारी दिए ।
स्थानीय सांस्कृतिक बिधाहरुलाई बढी जोड दिदै आएको ताल डान्स हाउसले पछिल्लो समय ‘विङ्स इन्टरटेन्टमेन्ट’को प्रस्तुतीमा ‘मिस उदयपुर’, ‘मिस्टर एण्ड मिस लिटिल आईकन उदयपुर’ लगायतको इभेन्ट (सिरिज) आयोजना गर्दै आएको छ । कोरोना कहरको भयाबह अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा समयअवधिभरका लागि हाल नृत्य प्रशिक्षण कक्षा स्थगित रहेको पनि एमजे मिथुनको भनाई छ ।