उपाहार न्यूज
उदयपुर चर्चित आधुनिक गायक उदय सोताङ र मनिला सोताङको एकल साझ उदयपुरको बेल्टारमा हुने भएको छ । उदयपुर मिडिया हबको आयोजनामा उदय मनिलाको एकल साझ आगामी कात्तिक १३ गते हुन लागेको हो । बेल्टार स्थित चौदण्डिगढि दरबार होटलमा हुने कार्यक्रम साझ ६ बजे देखि सुरु हुने आयोजक उदयपुर मिडिया हबका प्रमुख प्रेम जंग किरातीले जानकारी दिए ।
कार्यक्रममा उदय मनिलाको चर्चित गीतहरु आधा बाटो हिडे पछि, उक्काली चढौला लगायतका गीतहरु प्रस्तुत हुने छन् । कार्यक्रमका लागि आयोजकले विशेष तयारी गरिरहेको र हाल प्रचार प्रसारको काम भैरहेको आयोजकले जनाएको छ ।
उदयपुरको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको बेल्टार बजारबाट कलाकारिताको विकास गर्नका लागि स्थापना भएको उदयपुर मिडिया हबले यस अघि पनि विभिन्न म्युजिक भिडियो, सागीतिक प्रस्तुतीहरु दर्शक स्रोता माझ ल्याई सकेको छ ।