Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उपहार एफएमद्धारा आयोजित ‘टिकटक प्रतियोगिता’को उपाधि बिक्रमलाई

  • उपहार न्यूज
  • मंगलबार, भाद्र २३ २०७७
उपहार एफएमद्धारा आयोजित ‘टिकटक प्रतियोगिता’को उपाधि बिक्रमलाई

उपहारन्यूज-
उदयपुर, भदौ २३ । उदयपुरबाट प्रशारण हुने उपहार एफएम ९५.४ मेगाहर्जले आयोजना गरेको टिकटक प्रतियोगिताको उपाधि बिक्रम राईले हात पारेका छन् । तोकिएको अन्तिम मितिसम्म संकलित जम्मा ९६ सहभागीहरुको भिडियोमध्ये ‘पब्लीक च्वाईस’को आधारमा बिक्रम प्रथम भएका हुन् ।

त्यस्तै युवराज कोइरालाले दोस्रो स्थान हासील गरेका छन् । कुञ्जला श्रेष्ठ तेस्रो स्थानमा छनोट भएकी छन् । विजयी तीनैजना प्रतिस्पर्धीमध्ये उपहार एफएमको आधिकारिक फेसबुक पेजमा अपलोड भएका भिडियोहरुले प्राप्त गरेको लाईक, कमेन्ट, शेयर र भ्यूजको आधारमा छानिएका हुन् ।

प्राप्त नतिजा अनुसार उदयपुर संगमटोलका विजेता प्रतिस्पर्धी नम्बर १ का बिक्रमले ४९ के भ्यूज, ४ दशमलव ४ के शेयर, ३९२ लाईक र १ नशमलव १ अर्थात १ हजार १ सय कमेन्ट पाएका थिए । दोस्रो हुने लिम्चुङबुङका प्रतिस्पर्धी नम्बर ११ युवराज कोइरालाले ११ के शेयर, ५६६ लाईक, १ दशमलव १ के कमेन्ट र १३ के भ्यूज प्राप्त गरेका छन् । तेस्रो हुने प्रतिस्पर्धी नम्बर २४ उदयपुरगढीकी कुञ्जला श्रेष्ठले ३१ के भ्यूज, २२६ लाईक, ४८४ कमेन्ट र १४ के अर्थात १४ हजार फेसबुक प्रयोगकर्ताले उनको भिडियो शेयर गरेका छन् ।

 

तेस्रो, कुञ्जला श्रेष्ठ ।

दोस्रो, युवराज कोइराला ।

प्रथम, बिक्रम राई ।

प्रतिक्रिया
सम्बन्धित समाचार