Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

उदयपुर प्रवासी सेवा समाज कतारमा नयाँ नेतृत्व

  • उपहार न्यूज
  • सोमबार, भाद्र २५ २०८०
उदयपुर प्रवासी सेवा समाज कतारमा नयाँ नेतृत्व

उदयपुर । बिभिन्न समय बैदेशिक रोजागरीको क्रममा कतार रहेका उदयपुरे श्रमिकहरुको छाता संगठन ‘उदयपुर प्रवासी सेवा समाज कतार’को नेतृत्वमा कमल वाग्ले चयन भएका छन् । भर्खरै सम्पन्न सातौँ साधारणसभाबाट वाग्ले अध्यक्ष पदका लागि सर्वसम्मत छानिएका हुन् ।

सेप्टेम्बर ८ तारिख शुक्रबार ग्रीन रेष्टुरेन्टमा सम्पन्न साधारणसभाले वाग्लेको अध्यक्षतामा १४ जना सदस्यीय समिति चयन भएको हो । साधारणसभाबाट प्रथम उपाध्यक्ष पदको भने टुंगो नलागेकाले आगामी बैठकबाट टुंग्याउने गरी प्रक्रिया पूरा गरिएको आयोजकले जनाएको छ ।

यस्तै द्धितिय उपाध्यक्ष रामकुमारी तामाङ, महासचिव बिष्णुबहादुर राई (राकेश), सचिव सन्जिप कटुवाल, कोषाध्यक्ष राम मगर, र सहकोषाध्यक्षमा चन्द्रकुमार मगरको नाम सर्वसम्मत पारित भएको थियो । समाजको नवर्निवाचित सदस्यहरु क्रमस मीन चामलिङ राई, अमित आलेमगर, मनिष तामाङ, अजयकुमार दनुवार, दिनेश सस्कार, बिष्णु घिमिरे र कुमार वाग्ले रहेका छन् ।

कार्यक्रमको सभापति गोपी कृष्ण अधिकारीले गरेका थिए । कार्यक्रमलाई स्वागत मन्तव्य प्रथम उपाध्यक्ष भक्त कट्वालले गरेका थिए भने सञ्चालन बिष्णुबहादुर राई (राकेश)ले गरेका थिए । कार्यक्रमका प्रमुख अथिति कोशी प्रदेश सम्वन्वय समितिका अध्यक्ष चुडामणी कार्की रहेका थिए ।

त्यस्तै एनआरएनए एनसीसी कतारको द्धितिय उपाध्यक्ष केशव कार्की, उदयपुर प्रवासी सेवा समाज कतारका पूर्व अध्यक्ष, निबर्तमान सल्लाहकार संयोजक तथा एनआरएनए एनसीसी कतारका तृतिय उपाध्यक्ष सन्दिपकुमार भट्टाराई, जनजाति महासँघ कतारका अध्यक्ष डियन मगरलगायत कार्यक्रममा सहभागी थिए ।

नेपालका सातै प्रदेशका सम्वन्वय परिषदका अध्यक्षहरु तथा कोशी प्रदेश १२ जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । साधारणसभामा बैदेशिक रोजगारीको क्रममा कतार रहेका उदयपुरबासीसँगै अन्य नेपाली प्रवासीहरुको समेत बाक्लो उपस्थिती रहेको उदयपुर प्रवासी सेवा समाज कतारका सचिव सन्जिप कटुवालको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार