Upahar News सोमबार, भाद्र १५ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

ब्यबसायी तथा समाजसेवि विष्णुप्रसाद पुडासैनीद्वारा–पहिरो पीडितका लागि ५१ लाख ५१ हजार १११ रुपैयाँ सहयोग घोषणा

  • उपहार न्यूज
  • बिहिबार, भाद्र ११ २०८३
ब्यबसायी तथा समाजसेवि विष्णुप्रसाद पुडासैनीद्वारा–पहिरो पीडितका लागि  ५१ लाख ५१ हजार १११ रुपैयाँ सहयोग घोषणा
  1. काठमाडौं । नेपालमा हालै आएको विनाशकारी बाढी–पहिरोबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले दुबइमा रहदै आउनु भएका ब्यबसायी तथा समाजसेवि विष्णुप्रसाद पुडासैनीले ५१ लाख ५१ हजार १११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
    पुडासैनीले आफ्नो परिवार, कम्पनी Hydrojet Global Technology & Service Group (HTP Technical Services & Contracting LLC) तथा सम्पूर्ण पुडासैनी परिवारको तर्फबाट उक्त सहयोग घोषणा गरेका हुन्।
    बाढी–पहिरोका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोकाकुल परिवारजनप्रति गहिरो समवेदना समेत प्रकट गरेका छन्। आफू नेपाली भएकाले देशले दुःख पाउँदा टाढा बसेर हेर्न नसक्ने भन्दै उनले पीडितको घाउमा मलम लगाउने उद्देश्यले सहयोग घोषणा गरेको बताएका छन्।
    पुडासैनीका अनुसार सहयोग रकम आत्मीय प्रकाश सुवेदीको मार्गदर्शन तथा समन्वयमा वास्तविक तथा प्रभावित परिवारसम्म पुर्‍याइनेछ। उनले राहत रकम सही पीडितको हातसम्म पुग्ने र उनीहरूले आवश्यकताअनुसार सदुपयोग गर्न पाउने विश्वास व्यक्त गरेका छन्।
    उनले विपद्को यस कठिन समयमा सबै नेपालीलाई आफ्नो क्षमताअनुसार पीडित परिवारलाई सहयोग गर्न समेत आग्रह गरेका छन्। नेपालीहरू एकजुट भएर दुःखमा परेकालाई साथ दिन सके ठूलो विपद्को पीडा केही कम गर्न सकिने उनको भनाइ छ।
    पुडासैनीले भनेका छन्, “देशले दुःख पाउँदा टाढा बसेर हेर्न सक्दिनँ। हामी सबै नेपाली मिल्यौं भने जतिसुकै ठूलो दुःख पनि सानो हुन्छ।”
    उनले बाढी–पहिरोमा ज्यान गुमाएका सबै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै पीडित परिवारलाई दुःख सहन सक्ने शक्ति मिलोस् भन्ने प्रार्थना समेत गरेका छन्।
    सहयोग घोषणामा विष्णुप्रसाद पुडासैनीसँगै विशाल पुडासैनी, झबिन्द्र न्यौपाने, झोन, आशोदा पुडासैनी, प्रमिला पुडासैनी, जोन पुडासैनी थापा र दुर्गेश लगायत सम्पूर्ण पुडासैनी परिवारको सहभागिता रहेको जनाइएको छ।

Last updated:2026 Aug 27 Thursday 16:42:12

प्रतिक्रिया
सम्बन्धित समाचार