Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

मुस्लीम संघद्धारा मन्त्री कार्की सहित सात सम्मानित

  • उपहार न्यूज
  • शनिबार, फाल्गुन १४ २०७८
मुस्लीम संघद्धारा मन्त्री कार्की सहित सात सम्मानित

उपाहार न्यूज
गाईघाट फागुन १३
कांग्रेस निकट नेपाल मुस्लीम संघले प्रदेश पूर्वाधार विकास मन्त्री हिमाल कार्की सहित सात जनालाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ । पार्टी सभापती समेत रहेका कार्की सहित मुस्लीम संघले शनिवार पार्टी कार्यालय गाईघाटमा आयोजना गरेको कार्यक्रममा मुस्लीम संघका केन्द्रिय कार्यवाहक सभापती डा. अताबुल मन्सुरी, नेपाली कांग्रेस प्रदेश नम्बर १ मा निर्वाचित प्रदेश सह महामन्त्री विनोदकुमार बस्नेत, प्रदेश समिति सदस्यहरु सुमन परियार, लक्ष्मी चौधरी, रमिला राई र ठाकुर मगरलाई समेत सम्मान गरेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सदस्य लक्ष्मी कुमारी चौधरी, त्रिनपा १२ का वडा सभापती चुडाराज काफ्ले, प्रदेश सभा २ (क) सभापती खेस बाहादुर मगर, उदयपुर प्रदेश सभा १ –क) सभापती सरोज बस्नेत, कांग्रेस नेताहरु सदरुल मिया, महाधिवेशन प्रतिनिधि सरिता राई, जिब्रिल मिया उदयपुर क्षेत्र नम्बर २ का क्षेत्रीय सभापती राम कुमार राई, पूर्व क्षेत्रीय सभापती बसन्त बस्नेत, पार्टी उप सभापती
भिमचन्द्र राई, डाक्टर अतबुल मन्सुरी संगै कार्यक्रमका प्रमुख आतिथि जिल्ला सभापति तथा सडक,पुर्वाधार तथा सहरी बिकास मन्त्री हिमाल कार्कीले मनतव्य राख्नु भएको थियो । कार्यक्रमको अध्यक्षता मुस्लीम संघ जिल्ला अध्यक्ष नजबुल खानले गर्नु भएको थियो कार्यक्रमको संचालन अनजारुल अली तथा स्वागत मन्तबय पवित्रा खातुनले गर्नु भएको थियो ।

Last updated:2022 Feb 26 Saturday 15:12:24

प्रतिक्रिया
सम्बन्धित समाचार