Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

प्रतिगमन बिरुद्धमा उदयपुरमा एमालेको शक्ति प्रदर्शन

  • उपहार न्यूज
  • सोमबार, चैत्र १७ २०८१
प्रतिगमन बिरुद्धमा उदयपुरमा एमालेको शक्ति प्रदर्शन

उपहार न्यूज
गाईघाट चैत १८
नेकपा एमाले उदयपुरले प्रतिगमनकारीहरुको बिरुद्धमा गाईघाटमा दबाबमुलक ¥याली निकालेको छ । नेकपा एमालले देशव्यापीरुपमा आव्हान गरेको विरोध प्रदर्शन अन्तर्गत उदयपुरमा नेकपा एमाले उदयपुरको आयोजनामा प्रतिगमनको बिरुद्धमा एमालले मोटरसाईकल ¥याली सहित शक्ति प्रदर्शन गरेको हो ।
सदरमुकाम गाईघाट पिपल चोकबाट सुरु भएको मोटरसाईकल ¥याली मोतिगडा, बगाह, देउरी, जलजले, चुहाडे, राजाबास हुदै पुन गाईघाटमा आएर कोण सभामा परिणत भएको नेकपा एमाले उदयपुरका उपसचिव हेम खड्काले जानकारी दिनु भयो । पछिल्लो समय राजाबादीहरुको अराज गतिविधि बढ्दै गएकाले त्यसलाई चुनौती दिनको लागि भन्दै एमालेले देशव्यापी रुपमा आफ्ना कार्यकर्तालाई सडकमा शक्ति प्रदर्शनको लागि उतारेको हो ।

Last updated:2025 Mar 31 Monday 08:26:07

प्रतिक्रिया
सम्बन्धित समाचार