उपहार न्यूज
गाईघाट चैत १८
नेपाल पत्रकार महासंघ उदयपुर शाखाले पत्रकार हत्या, संचारमाध्यम माथि भएको आक्रमणमा संलग्नलाई कानुनी कारवाहि र क्षतीपुर्तिको माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयमा नेपाल पत्रकार महासंघ उदयपुर शाखाको नेतृत्वमा महासंघ अध्यक्ष भक्तिविलास पोख्रेलले साहयक प्रमुख जिल्ला अधिकारी विक्रम पाण्डे मार्फत सरकारलाई ध्यानकर्षण पत्र बुझाएको हो । नेपाल पत्रकार महासंघको केन्द्रिय सर्कुलर अनुसार देशव्यापीरुपमा महासंघ जिल्ला शाखाको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको हो ।