Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

मन्त्री कार्कीले गरे चार लाख बराबरको स्वास्थ्य सामाग्री हस्ताणतरन

  • उपहार न्यूज
  • शुक्रबार, कार्तिक १९ २०७८
मन्त्री कार्कीले गरे चार लाख बराबरको स्वास्थ्य सामाग्री हस्ताणतरन

उपाहार न्यूज
उदयपुर कात्तिक १९
प्रदेश १ का पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले त्रियुगा नगरपालिका वडा नम्बर ७ मा संचालित स्वास्थ्य चौकी भुमरसुवाको लागि चार लाख बराबरको स्वास्थ्य सामाग्री हस्ताणतरन गर्नु भएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट प्राप्त स्वास्थ्य सामाग्री शुक्रबार विहान एक कार्यक्रमका विच भुमरसुवा स्वास्थ्य चौकी चुहाडेलाई हस्ताणतरन गर्नु भएको हो । स्वास्थ्य चौकी भुमरसुवा चुहाडेलाई अक्सीजन सिलिण्डर २ थान, अक्सीजन कन्सन्टेटर २ थान, पल्स अक्सि मिटर ५ थान र थर्मल गन २ थान हस्ताणतरन गर्नु भएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष भविन्द्र राईले जानकारी दिनु भयो ।
वर्थिन सेन्टरको रुपमा संचालित स्वास्थ्य चौकीलाई मन्त्री कार्कीको पहलमा प्राप्त सामाग्रीले यस क्षेत्रका नागरिकहरुलाई सेवा सुचारु गर्नमा सहज हुने त्रियुगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भिमबहादुर पुलामी मगरले बताउनु भयो ।

Last updated:2021 Nov 05 Friday 11:39:01

प्रतिक्रिया
सम्बन्धित समाचार