उपाहार न्यूज
उदयपुर असार २८
सर्बोच्च अदालतले पुन दोस्रो पटक प्रतिनिधि सभा पुनस्थापर्ना को निर्णण्को स्वागत स्वरुप गाईघाटमा नेपाली कांग्रेस र माओवादी केन्द्र वाईसिएलले दिप प्रज्वलन गरेर स्वागत गरेको छ ।
नेपाली कांग्रेसले बिपि चोकमा तथा माओवादी केन्द्रको युवा संगठन वाईसिएल नेपालले पिपल चोकमा दिप प्रज्वलन गरेको हो । विपि चोकमा नेपाली कांग्रेसका युवा नेता क्षेत्रीय सह सभापती बसन्तकुमार बस्नेत लगायत नेताहरुको सहभागीतामा दिप प्रज्वल गरिएको थियो, पिपल चोकमा माओवादी केन्द्र उदयपुरका अध्यक्ष विनोद कटुवाल, युवा नेता किरण राई, वाईसिलए अध्यक्ष ज्ञानेन्द्र मगर लगायतका युवाहरुको सहभागीता रहेको थियो ।
दिप प्रज्वल पछि बोल्दै कांग्रेस नेता बसन्त बस्नेतले केपी शर्मा वलीको सरकारले जनता र संविधानको मर्म बिपरित असंबैधानिक काम गरेको र त्यसको खवरदारी स्वरुप नेपाली कांग्रेसले गाउँ, टोल हुदै केन्द्र सम्म कानुनी र राजनैतिक लडाइ लड्दै आइरहेको र जनता बिरोधि, लोकतन्त्र बिरोधि कुनैपनि कार्य फेरि भए लोकतन्त्र र संविधानको रक्षाका लागि मैदानमा उत्रन पछि नपर्ने बताउदै सबै लोकतन्त्र पक्षधरहरुको बिजयी भएको बताएका थिए।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै आज बदर गरेको थियो । जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको थियो।